१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
 विद्यार्थी लिन जाने क्रममा दुर्घटनाग्रस्त लर्डबुद्ध कलेजको बस
२०७६ माघ ९ बिहीबार १२:१३:००
Read Time : < 1 मिनेट
समाचार

स्कुल बस दुर्घटनामा सहचालकको मृत्यु, ६ विद्यार्थी घाइते

Read Time : < 1 मिनेट
२०७६ माघ ९ बिहीबार १२:१३:००

विराटनगरबाट  विद्यार्थी लिन गएको निजी विद्यालयको बस दुर्घटना भएको छ । बस दुर्घटनामा सहचालकको मृत्यु भएको छ । बसमा सवार ६ जना विद्यार्थी घाइते भएका छन् ।

दुर्घटनामा सहचालक विराटनगर १५ बस्ने ३२ वर्षीय सानु साहको उपचार क्रममा  मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । विराटनगरबाट ४० किलोमिटर दुरीमा रहेको रंगेलीबाट बिहीबार बिहान साढे ६ बजे १२ जना विद्यार्र्थी लिएर विराटनगर फर्कंदै गरेको लर्डबुद्ध कलेजको मे १ ख १४९० नम्बरकोे बस विराटनवर रंगेली सडक खण्डअन्तर्गत मोरङकोे धनपालथान गाउँपालिका ३ रामचोकमा दुर्घटनामा परेको हो ।  

दुर्घटनामा विद्यार्थीहरु धनपालथान गाउँपालिका ४ का २० वर्षीया सुष्मा राजवंशी, १९ वर्षीया दीक्षा श्रेष्ठ, धनपालथान ७ बस्ने २० वर्षीया रन्जिता मण्डल, धनपालथान ६ की निकिता कुमारी राय, रंगेली नगरपालिका ४ की २० वर्षिया नुना गौतम र रंगेली २ बस्ने १८ वर्षिया स्वस्तिका कटुवाल छन् । उनीहरुको विराटनगरस्थित न्युरो हस्पिटलमा उपचार भइरहेकोे छ । 

दुर्घटनाको कारण बाक्लो हुस्सु भएको प्रहरीको प्रारम्भिक अनुमान छ । बस चालक विराटनगर १७ बस्ने खिलबहादुर खड्का र बसलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय रंगेलीका इन्स्पेक्टर लेखनाथ दाहालले बताए ।