Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
एजेन्सी बेइजिङ
२०७६ माघ ९ बिहीबार ११:१६:००
Read Time : > 1 मिनेट
विश्व

काेराेना भाइरसकाे प्रकोप बढ्न नदिन सार्वजनिक यातायात बन्द 

Read Time : > 1 मिनेट
एजेन्सी बेइजिङ
२०७६ माघ ९ बिहीबार ११:१६:००

चीनमा कोरोना भाइरसको प्रकोप बढेपछि यसको संक्रमण धेरै फैलिन नदिन वुहान शहरका सबै सार्वजनिक यातायात तथा उडानहरु बन्द गरिने भएको छ । बिहीबारदेखि वुहानका सबै उडान, रेल तथा बस सेवा बन्द गर्ने चिनियाँ अधिकारीले बताएका छन् ।  

वुहान शहरबाट सुरु भएको कोरोनाको संक्रमण अहिले जापान, दक्षिण कोरिया, अमेरिकालगायतका देशभर देखिएको छ । वुहानको एक बजारमा जनावरबाट सुरु भएको भाइरस अहिले मानिसबाट मानिस सरिरहेको चिनियाँ अधिकारीहरुले बताएका छन् । 

यसबाट ५ सयभन्दा बढी मानिस प्रभावित छन् भने १७ जनाको ज्यान गइसकेको छ । ९० लाख भन्दा बढी जनसंख्या भएको वुहान शहरमा मानिसहरुलाई अत्यावश्यक कामविना सार्वजनिक स्थानमा नजान र शहर नछोड्न सरकारले निर्देशन दिएको छ । कोरोना भाइरसलाई नियन्त्रण गर्ने विषयमा विश्व स्वास्थ्य संगठनले बिहीबार दोस्रो बैठक आयोजना गरेको महानिर्देशक डा. टेड्रोस एडहनोम गुब्रोहयससले जानकारी दिएका छन् ।  

बुधबार चीनको पेकिङ्ग विश्वविद्यालय, जर्नल अफ मेडिकल भाइरोलोजीमा प्रकाशित रिपोर्टले कोरोना भाइरस सर्पबाट मानिसमा सरेको हुन सक्ने अनुमान गरिएकाे छ ।  चीनलगायत अन्य देशका अनुसन्धानकर्ताहरु यसबारे अनुसन्धान गरिरहेका छन् । 

कोरोना भाइरसलाई सार्स भाइरससँग तुलना गरिएको छ । सार्स निकै खतरनाक भाइरस मानिन्छ । सार्सका कारण चीनमा २००२ मा ८ हजार ९८ मानिस संक्रमित भएका थिए र यसमध्ये ७ सय ७४ मानिसको मृत्यु भएको छ । सार्स बिरालोको एक प्रजातिबाट मानिसमा सरेको थियो तर अहिले देखिएको नयाँ भाइरस कुन जनावारबाट सरेको भन्ने पत्ता लागिसकेको छैन् । 

सामान्य लक्षण

  • ज्वरो आउनु र खोकी लाग्नु,
  • छिटोछिटो सास फेर्नु,
  • श्वासप्रश्वासमा कठिनाइ हुनु,
  • गम्भीर भएमा निमोनिया हुनु,
  • सेभिएर एक्युट रेस्पिरेटरी सिन्ड्रोम हुनु,
  • मिर्गौलाले काम गर्न छोड्छ र मानिसको मृत्यु  हुनसक्छ,