१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ माघ ९ बिहीबार १०:५०:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली

स्लिम बन्न यस्तो उपाय

Read Time : < 1 मिनेट
२०७६ माघ ९ बिहीबार १०:५०:००

एकैचोटि धेरै खाना खानुहुँदैन । दिनमा कम्तीमा चारचोटि थोरै–थोरै खानेकुरा खाइराख्नुपर्छ । 

जिरो फिगर बनाउने अधिकांश युवतीको चाहना हुन्छ । फेसन र जीवनशैलीमा लगातार आइरहेको परिवर्तनसँगै स्लिम बन्न चाहनेको संख्या पनि बढिरहेको छ । काम गर्न छिटोछरितो हुने, लुगा लगाउँदा राम्रो देखिनेलगायत कारणले भर्खरका युवती मात्रै नभएर उमेर पुगिसकेका महिला पनि शरीर स्लिम पार्ने प्रयासमा लागिरहेका हुन्छन् । 

  •  स्लिम बन्ने निहुँमा अधिकांशले डाइटिङको बाटो अपनाउने गरेको पाइन्छ । तर, शारीरिक वृद्धि विकास हुने उमेरमा डाइटिङ गर्दा शरीरलाई आवश्यक वस्तु आपूर्ति नहुन सक्छ । यसले स्वास्थ्य समस्या निम्त्याउने सम्भावना उच्च रहन्छ । स्वस्थ जीवनशैली अपनाएर तौल नियन्त्रण गरी स्लिम बन्न सकिन्छ । 
  •  बिहानको समयमा आफ्नो शरीरलाई आवश्यक तत्व पुग्ने गरी खाना खानुपर्छ । सागसब्जी, सलाद, माछा, मासु, दूधजन्य परिकार खान सकिन्छ ।
  •  एकैचोटि धेरै खाना खानुहुँदैन । दिनमा कम्तीमा चारचोटि थोरै–थोरै खानेकुरा खाइराख्नुपर्छ । 
  •  त्यस्तै, खाजामा गेडागुडी, फलफूल, तरकारी, फाइबर पाइने खानेकुरा र जुस खान सकिन्छ । 
  •  बेलुकाको खाना सकेसम्म कम र छिटो खानुपर्छ । खाना खानेबित्तिकै सुत्नुहुँदैन । 
  •  बिहान उज्यालो हुनुभन्दा एक घन्टाअघि उठ्दा स्वस्थ रहन धेरै फाइदा पुग्छ । बिहानको समय हलुका व्यायाम गर्नु उत्तम हुन्छ ।
  •  लामो समयसम्म एकै ठाउँमा बस्नुहुँदैन । स–साना काम गरिराख्नुपर्छ । जसले शरीरलाई स्फूर्त बनाउन मद्दत गर्छ । 
  •  तौल घटाउने बहानामा जुन पायो त्यही व्यायाम गर्नुहुँदैन । यसले शरीरलाई बेफाइदा गरिरहेको हुन्छ । तौल घटाउने व्यायाम गर्दा चिकित्सकको सल्लाह लिनु आवश्यक हुन्छ ।
  •  फास्टफुड, अत्यधिक चिल्लो, गुलियो, फ्याटी खानेकुरा खानुहुँदैन ।