१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
ह्यारी र मेघन आफ्नो छोराका साथ । फोटो : एजेन्सी
२०७६ माघ ९ बिहीबार ११:१९:००
Read Time : > 2 मिनेट
दृष्टिकोण

ब्रेग्जिट र मेग्जिटको समानान्तर कथा

Read Time : > 2 मिनेट
२०७६ माघ ९ बिहीबार ११:१९:००

बेलायती राजकुमार ह्यारी र मेघनले ८ जनवरीमा शाही हैसियत परित्याग गर्ने घोषणा गरे । उनीहरुले परिवारको आधिकारिक सदस्यका रुपबाट पछि हट्ने निर्णयले दरबारमा ठूलै तरङ्ग ल्यायो । पारिवारिक छलफलपछि १८ जनवरीमा उनीहरुले वसन्त ऋतुदेखि सुरु हुने गरी ‘शाही पदवी’ प्रयोग गर्न नपाउने निर्णय भयो । र, ह्यारी-मेघनले महारानीको प्रतिनिधित्व पनि गर्न नपाउने सहमति भयो ।

ह्यारी-मेघनले बाँकी जीवन स्वतन्त्र रुपमा आम नागरिकजस्तो भएर बाँच्न चाहेको भन्दै उक्त निर्णय गरेको बताएका छन् । उनीहरु दरबारबाहिरको समय बेलायत र उत्तर अमेरिकामा विताउने घोषणा गरेर शाही परिवारबाट अलग भइसकेका छन् ।  

बकिङ्घम दरबारका अनुसार ड्युक र डचेस अफ ससेक्सले फ्रोगमोरमा आफ्नो घर मर्मत गर्दा लागेको खर्च करदातालाई फिर्ता गर्ने बताएका छन् । त्यसपछि शाही जिम्मेवारीका लागि कुनै पनि ‘पब्लिक फन्ड’ पाउने छैनन् । उनीहरु नयाँ ब्रान्ड अन्तर्गत आफ्नो वित्तीय स्वतन्त्रताको खोजी गरिरहेका छन् ।  

मेघनलाई यस घटनाको मुख्य कर्ता मानिएको छ, बेलायतमा ब्रेग्जिट चलिरहेको समयमा शाही दम्पतीको बहिर्गमनलाई ‘मेक्जिट’ नाम दिइएको छ ।
यी दुई घटनाबीच धेरै समानान्तर अवस्था छन्, जसलाई यहाँ चित्रित गर्न सकिन्छ ।  

ब्रेग्जिटसँगै बेलायत युरोपियन युनियनबाट अलग हुन चाहन्छ भने मेक्जिटबाट प्रिन्स परिवार स्वतन्त्र जीवनका लागि बेलायतबाहिर निस्कन चाहन्छ । ह्यारी र मेघनले आफ्नो बाँकी समय बेलायत र क्यानडामा बिताउन चाहेका छन् ।

‘क्यानाडा सम्झौता’ आयरिस ब्याकस्टप योजनासँग मिल्दोजुल्दो छ । ब्रेग्जिटपछि पनि केही विषयमा उत्तरी आयरल्यान्ड युरोपियन युनियनका केही सीमित नियम कानूनमा रहनेछ, जुन यी दम्पतीको ‘सुपर क्यानडा प्लस’ योजनाको ‘अर्ध शाही’ सेवा प्रदान गर्ने योजनासँग मिल्दोजुल्दो देखिन्छ । उनीहरुले केही शाही कर्तव्यहरु जारी राख्न परोपकारी संस्था खडा गर्नेछन् ।

जे भएपनि यी दुई घटनाक्रम आफूमा विल्कुलै फरक छन् । उदाहरणका लागि उदारवादी एवं नयाँ युवापुस्ताले यो दम्पतीको रोयल परिवार छोड्ने निर्णयलाई स्वागत र समर्थन गरेको छ । तर यी तिनै बेलायती हुन्, जसले युरोपियन युनियनबाट बेलायत अलग हुने निर्णयको विरोध गरेका थिए ।

ब्रेग्जिटको निर्णयबाट बेलायत युरोपियन गठबन्धनबाट पूर्णरुपमा हट्छ भने मेग्जिटले थोरै वा धेरै मात्रामा आफ्नो शाही संगठनलाई मजबुत नै बनाउँछ । शाही दम्पतीले रोजेको क्यानाडा पनि ब्रिटिश कमनवेल्थको एउटा भाग हो । बसोबासका लागि क्यानाडामा बसोबास गर्ने उनीहरुको निर्णयले केही मात्रामा ग्ल्यामर थप्छ ।  

यी घटनाले बेलायतमा केही सकारात्मक प्रभाव पनि पारेको छ । यसलाई स्वीकार्नुपर्छ कि यी दुई मुद्दाले त्यहाँका जनतालाई धेरै कुरा, जस्तै : रोजगार, पैसा, जाति, वर्ग राजनीतिलगायतका धेरै सामाजिक पक्षमा बहस गर्न सक्षम बनाउँदै लगेको छ । बेलायती जनतामा स्वतन्त्रता र सार्वभौमिकताका सवालमा जागरुकता पनि बढाएको छ ।

दोस्रो, यी दुई मुद्दाहरुको मुख्य पक्षमा आत्म–अस्वीकार तत्व सामेल छ । उदाहरणका लागि युरोपियन युनियनबाट पछि हट्ने बेलायतको निर्णयलाई सन् १९७० को दशकको सुरुमा युरोपियन समुदायको रुपमा चिनिने यो संगठनमा प्रवेश गर्ने पहिलो निर्णयको स्पष्ट इन्कारको रुपमा हेर्न सकिन्छ ।

यसको विपरित ह्यारी र मेगनले शाही परिवारबाट अलग हुने निर्णय गरे, जुन ‘फेरी टेल’ का रुपमा देखिएको छ । करिब दुई वर्ष अगाडि विश्वका अरबौँभन्दा बढी मानिसले बेलायती शाही परिवारको परम्पराभन्दा भिन्नै किसिमले भएको विवाह समारोह देखेका थिए । यो विवाहको केहीले आलोचना गरे र शंका व्यक्त गरे भने केहीलेबेलायती राजतन्त्रको ताजा हावाको सास भनेर प्रशंसा पनि गरे ।

तर यी दुई कथामा राजनीतिक परिदृश्यभन्दा अरु बढी केही छैन ।

आधुनिक कथा
क्यानाडेली सञ्चारमाध्यमहरुले यो दम्पतीको निर्णय वाहियात विषयलाई रोक्ने र आफ्नै जीवनको स्वामित्व लिने ‘शक्तिशाली कदम’ भएको भनेर उल्लेख गरेका छन् । मिश्रित जातीय पृष्ठभूमि भएकी र सम्बन्धविच्छेद गरेकी अमेरिकी मेघनले नारीवादी र विद्रोही महिलाको प्रतिनिधित्व गर्छिन्, जुन बेलायतको राजतन्त्रले लामो समयदेखि अभ्यास गरेको रुढिवादभन्दा विल्कुलै फरक छ ।

यसबाहेक, एक स्वनिर्मित स्पष्ट व्यक्तिको रुपमा मेघनसँग आफ्नो स्वायत्तता र पहिचानको बारेमा दृढ विचार छ । आफू को हुँ र अरु भन्दा किन फरक छु भन्ने भन्ने कुरामा मेगन स्पष्ट छिन् ।   

जब ब्रेक्जिटको कुरा आउँछ, यसका कथाहरु ‘सार्वभौमिकता’ को एक जटिल अवधारणामा समेटिन्छन् । ब्रेक्जिट वार्ताका धेरै चरणहरुमा लाखौँ मानिसले स्पष्ट स्वरमा उनीहरु एक स्वशासित देशमा बस्न चाहेको बताएका छन् । उनीहरुले आफूभन्दा माथि राखिएको अन्तर्राष्ट्रिय सार्वभौमिकतालाई कहिले पनि नस्वीकार्ने बताएका छन् । यसैगरुी ह्यारी र मेघनले पनि दयाको वातावरण र राजतन्त्रको सर्वोच्चतालाई परित्याग गर्न चाहेका छन् ।   

यी सबै दृष्टिकोणबाट आफ्नो जीवनलाई पुनः नियन्त्रणमा लिनु भनेको लगभग आधुनिक कथा हो । यो कथा बेलायतको राजनीतिक वातावरणमा वास्तविक रुपमै देखिएको छ । माथिका दुई घटनाहरु एक व्यक्ति र अर्को राज्यसँग सम्बन्धित छन्, दुवै पूर्णरुपमा आधुनिक कथा हुन् ।
(‘सीजीटिन’ र ‘पिपुल्स डेली’ बाट)