मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
गायिका
२०७६ माघ ९ बिहीबार ११:०८:००
Read Time : < 1 मिनेट
सप्तरंग

पहिलो गीत आफ्नै दाइसँग गाएँ : गीता सेञ्चुरी

Read Time : < 1 मिनेट
२०७६ माघ ९ बिहीबार ११:०८:००

धादिङको कुमपुरमा जन्मिएँ । परिवारमा चार दाजु र दुईजना दिदी हुनुहुन्छ । म सबैभन्दा सानी अर्थात् कान्छी छोरी हुँ । परिवारको भरपुर माया पाएर हुर्किएँ । मलाई सानैदेखि गीत गाउने रुचि थियो । बच्चा हुँदादेखि नै गुनगुनाइरहन्थे । गीत गाउने इच्छा पूरा गर्नकै लागि ०६५ सालमा काठमाडौं आएँ ।

काठमाडौं आएपछि पहिलोपटक आफ्नै कान्छो दाइ क्षितिज सेञ्चुरीसँग मिलेर ‘मन त थियो पिरती लाउने’ बोलको गीत गाएँ । सो गीत दाइ आफैँले लेख्नुभएको हो । उक्त गीतबाट नै मेरो सांगीतिक यात्रा सुरु भएको हो । गायनमा लाग्न मैले सधैँ परिवारको सहयोग र माया पाएँ । म सांगीतिक क्षेत्रमा लागेकोमा परिवारमा सबै सदस्य खुसी हुनुहुन्छ । 

मलाई सबै प्रकारका गीत मन पर्छ । तर, विशेषगरी लोकगीत गाउने गरेकी छु । हालसम्म सयभन्दा बढी गीत गाइसकेकी छु । आफ्नै एल्बममा निक्लेका १२ वटा गीत छन् । 

आफूले गाएका सबै गीत मन पर्छ । त्यसमध्ये ‘तँ भनेर छोड्यो मायाले’ बोलको गीत सबैले मन पराइदिनुभएको छ । दर्शक–श्रोताले मन पराइदिएपछि आफूलाई पनि बढी मन पर्दाेरहेछ । त्यस्तै, ‘तिर्खा मेटिएन मूलको पानीले’ र ‘नयाँ–नयाँ गीत’ र ‘माझी दाइ’ले पनि मलाई श्रोता–दर्शकमाझ चिनाएका छन् ।मैले गीत–संगीतमै लागेर युएई, जापान, कतार, ओमानलगायतका देश घुमिसकेकी छु । नेपालका पनि धेरै जिल्ला पुगिसकेँ । कतारमा भएको कार्यक्रममा ‘हिमालयन अन्तर्राष्ट्रिय सांगीतिक अवार्ड’ पाउन सफल भएकी थिएँ ।