१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ माघ ९ बिहीबार १०:२१:००
Read Time : < 1 मिनेट
खेलकुद

सेरेना र फेडेरर तेस्रो चरणमा 

Read Time : < 1 मिनेट
२०७६ माघ ९ बिहीबार १०:२१:००

पूर्वविजेताद्वय सेरेना विलियम्स र रोजर फेडेरर वर्षको पहिलो ग्रान्डस्लाम अस्ट्रेलियन ओपन टेनिस प्रतियोगिताको तेस्रो चरणमा प्रवेश गरेका छन् । महिलातर्फ दोस्रो चरणमा सेरेनाले स्लोभेनियाकी जिदानेस्कमाथि ६–२ र ६–३ को सहज सेटमा जित निकालिन् । ३८ वर्षीया सेरेना २४औँ ग्रान्डस्लाम उपाधि जित्ने अभियानमा छिन् । पहिलो सेटमा उनले जिदानेस्कबाट चुनौती पाएकी थिइन् । 

पहिलो सेटमा जिदानेस्क अमेरिकन खेलाडी सेरेनाको दुईपटक सर्भिस ब्रेक गर्न सफल भइन् । तर, फर्ममा रहेकी सेरेनाले एक घन्टा खर्चिंदै तेस्रो चरणमा स्थान बनाइन् । अब चौथो चरण प्रवेशका लागि सेरेनाले चिनियाँ खेलाडी वाङ क्विङसँग खेल्नेछिन् । पुरुषतर्फ फेडेररले दोस्रो चरणमा ४१औँ वरीयताका फिलिपलाई ६–१, ६–४ र ६–१ ले पाखा लगाए । फेडेररले ९२ मिनेटमा खेल हात पारे । ३८ वर्षीया फेडेररले अर्को चरणमा जोन मिलमानसँग प्रतिस्पर्धा गर्नेछन् ।

साबिक विजेता नोभाक जोकोभिकले जापानका वाइल्डकार्ड खेलाडी इतोलाई ६–१, ६–४ र ६–२ ले पाखा लगाए । प्रतिस्पर्धा ९५ मिनेटसम्म चलेको थियो । ३२ वर्षीय सर्वियन जोकोभिकले आफ्नो प्रदर्शनमा सन्तुष्ट रहेको बताए । उनले भने, ‘मैले पहिलो र दोस्रो चरणमा राम्रो खेलेजस्तो लाग्छ, यो सिजन निकै राम्रो हुनेछ ।’ उनले उपाधि जित्न आफूले शतप्रतिशत प्रयास गर्ने जनाए । पूर्वविजेता फेडेररले प्रत्येक चरणमा प्रतिद्वन्द्वी राम्रा हुने बताए । ‘कुनै पनि चरणमा प्रतिद्वन्द्वी कमजोर  छैनन्,’ फेडेररले भने, ‘अस्ट्रेलियन ओपनमा सुखद अन्त्यको प्रयासमा छु ।’