मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ माघ ९ बिहीबार ०९:११:००
Read Time : < 1 मिनेट
विश्व

घुस लिएको अभियोगमा इन्टरपोलका पूर्वप्रमुख मङ खोङवे जेल चलान

Read Time : < 1 मिनेट
२०७६ माघ ९ बिहीबार ०९:११:००

घुस लिएको अभियोगमा अन्तर्राष्ट्रिय प्रहरी सञ्जाल इन्टरपोलका पूर्वप्रमुख मङ खोङवेलाई १३ वर्ष जेल सजाय सुनाएको छ । पदमा रहँदा आर्थिक अनियमितता गरेको अभियोगमा चीनको एक अदालतले मङलाई सो सजाय सुनाएको हो ।

सन् २०१८ मा इन्टरपोलको प्रमुख रहेकै समय फ्रान्सबाट चीन गएको समय उनी बेपत्ता भएका थिए । उनको अवस्थाबारे सर्वत्र चासो बढेपछि सरकारले उनलाई नियन्त्रणमा लिएको पुष्टि गरेको थियो ।

चीनको सार्वजनिक सुरक्षा उपमन्त्रीसमेत रहेका मङले २० लाख अमेरिकी डलरभन्दा बढी घुस लिएको अदालतसमक्ष स्विकारेका थिए । मङमाथि व्यक्तिगत फाइदाका लागि पद दुरुपयोग गरेको अभियोग लागेको छ ।

‘पदीय मर्यादाविपरीत घुस लिएको अभियोगमा मङलाई अदालतले १३ वर्ष ६ महिना जेल सजाय र ९० हजार अमेरिकी डलर जरिवाना तोकेको छ । अदालतले एक विज्ञप्ति जारी गर्दै मङले आफूमाथि लागेका सबै अपराधलाई स्वीकार गरेको जनाएको छ ।