Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ माघ ९ बिहीबार ०८:४२:००
Read Time : > 1 मिनेट
अर्थ

सरकारको ध्यान ठूला विद्युत् आयोजनामा : मन्त्री पुन

Read Time : > 1 मिनेट
२०७६ माघ ९ बिहीबार ०८:४२:००

सरकारले ठूला क्षमताका जलविद्युत् आयोजना निर्माणलाई प्राथमिकता दिने भएको छ । १० वर्षमा १५ हजार विद्युत् उत्पादन गर्ने लक्ष्य पूरा गर्न ठूला आयोजनालाई जोड दिन लागिएको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले बताए । रामेछाप र काभ्रेको सिमानामा पर्ने जलाशययुक्त सुनकोसी–२ र सुनकोसी–३ आयोजनास्थल भ्रमणको क्रममा उनले यस्तो बताएका हुन् ।

आयोजना निर्माण गर्दा सरकारले घर तथा खेतीयोग्य जमिन गुमाउने परिवारलाई उचित मुआब्जा दिने, रोजगारीमा स्थानीयलाई प्राथमिकता दिइने तथा उचित पुनर्वास गराउने प्रतिबद्धता उनले व्यक्त गरे । सुनकोसी–३ को सम्भाव्यता अध्ययन आगामी मंसिरसम्म सकिने र उक्त आयोजना बन्ने निश्चित भइसकेको जानकारी उनले दिए । तर, सुनकोसी–२ को भने अध्ययनको काम जारी रहेकाले अझै भन्न नसकिने उनको भनाइ थियो । सुनकोसी–२ मा घनाबस्ती पर्ने र क्षति धेरै हुने भएकाले आयोजना तुलनात्मक रुपले केही महँगो पर्न सक्ने मन्त्री पुनले स्पष्ट पारे । 

सुनकोसी–३ को पहिचान तथा प्रारम्भिक अध्ययन जापानी सहयोग नियोग (जाइका) ले सन् १९८५ मै गरेको थियो । विद्युत् विकास विभागले गरिरहेको पछिल्लो अध्ययनले सुनकोसी–३ बाट ६४० मेगावाट विद्युत् उत्पादन हुन सक्ने देखिएको छ । आयोजनाबाट करिब १ हजार जनसंख्या पूर्ण रूपमा विस्थापित हुने र ४ हजार २ सय हेक्टर जमिन डुबानमा पर्ने देखिएको छ । आयोजनाले काभ्रेको दोलालघाट बजार पूरै डुबानमा पर्छ ।

सुनकोसी–२ नौ सय ५० मेगावाट क्षमतामा बनाउन सकिने अनुमान गरिएको छ । तर, यो आयोजनाले सिन्धुलीको खुर्कोट र रामेछाप सदरमुकाम मन्थली पूर्ण रूपमा डुबानमा पर्छ ।  बाँधस्थल सिन्धुली र रामेछापको सिमानामा पर्ने पुडुलेमा रहनेछ । गजबाट करिब १ सय ६० मिटर उचाइको ड्याम निर्माण हुने आयोजनाले जनाएको छ । जलाशयको लम्बाइ ५३ किलोमिटर लामो हुनेछ । जलाशयको क्षेत्र घर, बस्ती र खोला बगर गरेर ६ हजार ३ सय हेक्टर हुनेछ ।