१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ माघ ८ बुधबार २१:३३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

मनको छाउगोठ भत्काउन निर्देशन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ माघ ८ बुधबार २१:३३:००

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले मनको छाउगोठ भत्काउने अभियानमा तीनवटै तहको सरकार जुट्नु पर्ने बताएका छन् ।

छाउप्रथा व्याप्त क्षेत्रको स्थलगल भ्रमणपछि मन्त्री गुरुङले प्रदेश र स्थानीय सरकारलाई मनको छाउगोठ भत्काउने अभियानमा जुट्न निर्देशन दिएका हुन् । सुदूरपश्चिम र कर्णाली प्रदेशका विभिन्न जिल्लाको अवलोकन भ्रमण गरेका उनले छाउ सामाजिक विकृति र विसंगति भएको बताए । यस्तो कुप्रथा अन्त्य गर्न तीनवटै तहको सरकारले एकीकृत अभियान सञ्चालन गर्नुपर्ने उनको भनाइ छ ।

‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय संकल्पलाई पूरा गर्न पनि सामाजिक कलंकका रूपमा रहेको छाउगोठ प्रथा अन्त्य गर्नुपर्ने मन्त्री गुरुङले बताए । नेपाल सरकारले छाउप्रथा अन्त्य र छाउगोठ भत्काउन कानुनी र जनचेतनामूलक कार्यक्रमलाई एकसाथ अघि बढाउने उनको भनाइ छ । उनले भने, ‘छाउगोठ मुक्त नेपाल बनाउने अभियानलाई सार्थक बनाउन ठोस नीति, कार्यक्रम र बजेटको व्यवस्था हुन्छ ।’ उनले छाउगोठ जाने कुप्रथा अन्त्य गर्ने स्थानीय तहलाई प्रोत्साहन गर्ने घोषणा पनि गरे ।