१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
रञ्जन भण्डारी महोत्तरी
२०७६ माघ ८ बुधबार १७:२५:००
Read Time : > 1 मिनेट
अर्थ

महोत्तरीका सबै क्रसर बन्द गर्ने निर्णय

Read Time : > 1 मिनेट
रञ्जन भण्डारी महोत्तरी
२०७६ माघ ८ बुधबार १७:२५:००

जिल्ला अनुगमन समितिकोे वैठकले महोत्तरीका सवै क्रसर उद्योगलाई तत्कालै बन्द गर्ने निर्णय गरेको छ । २०७६ असार मसान्तसम्मको स्टक विवरण मागेकोमा विवरण नदिएकाले सवै क्रसर तत्काल बन्द गर्न निर्देशन दिइएको हो । स्थानीय तहहरुले ५ दिन भित्र आफ्नो क्षेत्र भित्रको क्रसर तथा वालुवा प्रशोधन केन्द्रको २०७६ असार मसान्त भित्रको स्टक प्रमाणित गरि जिल्ला समन्वय समितिमा पठाउन निर्देशन समेत दिएको छ । 

माग भएको विवरण उपलब्ध पश्चात कागजात जाँच गरि कागजात दुरुस्त रहेको खण्डा मात्र पुनः संचालनको लागि अनुमति पत्र दिने निर्णय गरिएको जिल्ला समन्वय समिति प्रमुख सुरेशप्रसाद सिंहले जानकारी दिए । 

भंगहा नगरपालिका वाहेकको बर्दिवास र गौशाला नगरपालिकामा तत्काल नदी ठेक्का नलागिसकेको अवस्थामा नदी ठेक्का लगाउदा सवै जनताले देख्ने गरि स्टक तथा सवै तथ्यांक लेखेको वोर्ड राख्नु पर्ने तथा महिनामा दुई पटक स्टक विवरण गाउँपालिकाबाट प्रमाणित गरि पठाउने र स्थानिय तहले एकजना कर्मचारी समेत राख्ने व्यवस्था गर्ने लगायतको थप निर्देशन समेत स्थानीय तहहरुलाई दिइएको छ । 

राती उत्खनन गर्न नपाईने 
विगतका वर्षहरुमा रातीको समयमा समेत नदी उत्खनन गरिने गरिएकोमा अव भने रातीको समय उत्खनन बन्द गरिने भएको छ । अनुगमन समितिको निर्णयले दिउँसोको समयमा मात्र उत्खनन गर्ने गरि समय निर्धारण गर्न स्थानीय तहलाई पत्राचार गरिएको छ । अबदेखि रातीको समयमा क्रसरहरुले उत्खनन गर्न पाउने छैनन । 

अधिकांश क्रसरका कागजात अपुरो
महोत्तरीमा संचालनमा रहेको ५० भन्दा वढी क्रसर तथा बालुवा वासिंग सेन्टरमध्ये अधिकांशको आवश्यक कागजात पुरा नरहेको तथा मापदण्ड भित्र नचलाइएको अनुगमनमा देखिएको समन्वय समिति प्रमुख सिंहले वताए । उनले यसैको लागि समेत गत आर्थिक वर्षदेखि हालसम्म दर्ता भएका क्रसर उद्योग तथा वासिंग सेन्टर दर्ता गर्न स्थानीय निकायबाट भएको सिफारिस मापदण्ड बमोजिम भए नभएको समेत अनुगमन उपसमितिले छानविन गरि अनुगमन समितिमा प्रतिवेदन दिनु पर्ने छ । प्रतिवेदनपछि गलत प्रकृयाबाट अनुमति लिएकाहरुको अनुमति खारेजीका साथै कार्बाहीको प्रकृया समेत अगाडी वढाईने उनले बताए ।