१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ माघ ८ बुधबार १६:५१:००
Read Time : < 1 मिनेट
साहित्य

नेपाल प्रज्ञा-प्रतिष्ठान र इजरायलको हिब्रु लेखक संघबीच सांस्कृतिक समझदारीपत्रमा हस्ताक्षर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ माघ ८ बुधबार १६:५१:००

नेपाल प्रज्ञा–प्रतिष्ठान र इजरायलको हिब्रु राइटर्स एसोसिएसनबीच द्विपक्षीय साहित्यिक तथा सांस्कृतिक सहकार्यका लागि समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको छ । 

हिब्रु राइटर्स एसोसिएसन, इजरायलको निमन्त्रणामा इजरायल भ्रमणमा रहेका नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती र हिब्रु राइटर्स एसोसिएसन, इजरायलका उपाध्यक्ष अजमौन एनिभले नेपाली राजदूताबास तेलअबिभमा आयोजित एक समारोहमा द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।

द्विपक्षीय समझदारीपत्रमा दुई देशबीच साहित्यिक तथा प्राज्ञिक आदान प्रदान एवम् सद्भाव भ्रमण गर्ने, साहित्य तथा संस्कृति सम्मेलन आयोजना गर्ने, कृति अनुवाद तथा प्रकाशन गर्ने लगायतका बुँदाहरू समेटिएका छन् ।     
उक्त समारोहमा इजरायलका लागि नेपाली राजदूत डा. अञ्जान शाक्य, कुलपति उप्रेतीको नेतृत्वमा इजरायल भ्रमण दलमा संलग्न नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञपरिषद् सदस्य डा. देवी नेपाल र त्रिभुवन विश्वविद्यालय, अङ्ग्रेजी विभागका पूर्वप्रमुख प्रा.डा. अम्मराज जोशीका साथै इजरायल सरकार परराष्ट्र मन्त्रालयका दक्षिणपूर्व एसिया शाखाका निर्देशक एवम् नेपालका लागि इजरायली पूर्वराजदूत यारोन माएर, परराष्ट्र मन्त्रालयका सांस्कृतिक कूटनीति ब्युरोका प्रमुख जिवनेवो कुलमान तथा विभिन्न कूटनीतिक नियोगका सदस्यहरूको उपस्थिति थियो ।

कुलपति उप्रेतीले यस समझदारीले नेपाल र इजरायलबीच साहित्यिक तथा सांस्कृतिक प्रवद्र्धनका लागि नयाँ ढोका खोलेको उल्लेख गर्दै दुई देशबिचको सांस्कृतिक सम्बन्धले थप उचाई पाउने विश्वास व्यक्त गरे । हस्ताक्षर कार्यक्रममा इजरायलका लागि नेपाली राजदूत डा. अन्जान शाक्यले नेपालको भौगोलिक, प्राकृतिक एवम् सांस्कृतिक विविधतापूर्ण सौन्दर्यको व्याख्या गर्दै अहिले नेपालमा पर्यटन वर्ष २०२० चलिरहेको हुनाले सम्पूर्ण इजरायली नागरिकहरूलाई नेपाल भ्रमण गर्नका लागि आग्रह गरे ।