Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ माघ ८ बुधबार १६:२६:००
Read Time : > 1 मिनेट
समाचार

प्रदेश सांसद मनाङे विरुद्ध जाहेरी दर्ता

Read Time : > 1 मिनेट
२०७६ माघ ८ बुधबार १६:२६:००

पोखरामा सुरु गण्डकी प्रदेश स्तरीय मुख्यमन्त्री कपको उद्घाटन पूर्वआयोजक समितिका एक पदाधिकारीलार्ई हातपात गरेका गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ उर्फ दीपक मनाङे विरुद्ध जिल्ला प्रहरी कार्यालयमा बुधबार जाहेरी दर्ता भएको छ ।

एन्फा कास्कीका अध्यक्ष, एन्फा गण्डकीका उपाध्यक्ष र प्रतियोगिता आयोजक समितिका कोषाध्यक्ष समेत रहेका मिलन गुरुङलाई उनले प्रतियोगिता स्थलमा मंगलबार हातपात गरेका थिए । आफ्नो जिल्ला मनाङबाट आएको टोलीलाई प्रतियोगिता सुरु हुनपुर्व देखीको होटलको व्यवस्थासँगै अभ्यासको लागि मैदान उपलव्ध नगराएको भन्ने विषयमा गाली गलैज गर्दै मनाङेले गुरुङलाई हातपात गरेका थिए ।

पीडित गुरुङले मुलुकी फौजदारी संहिता २०७४ को दफा ११८ विपरितको कशुर हुँदा निजलाई ठाँडै पक्राउ गरी प्रचलित कानुन अनुसार हदैसम्मको सजाय गरी पाउँ भनीनिवेदन दिएका हुन् ।

पीडित गुरुङले मुद्दा दत्र्ता गर्न जानु अघि पोखरामा पत्रकार सम्मेलन गर्दै शान्ति सुरक्षा, सार्वजनिक स्थलमा हातपात गरेको, विभिन्न आरोपहरु लगाएर आफनो चरित्र हत्या गर्ने काम गरेको र आफनो जिउ धनको सुरक्षाको माग गदै मनाङे विरुद्ध जिल्ला प्रहरी कार्यालयमा मुद्दा दत्र्ता गर्ने जानकारी दिएका थिए ।

पत्रकार सम्मेलनमा उनले मंगलबार मनाङेको जस्तो व्यवहार आफुले पनि देखाएको भए प्रतियोगिता भाँडिने सम्भावना हुने र उद्घाटनका लागि मुख्यमन्त्री समेत आउने समय भएकाले आफु संमयित भएर बसेको बताएका थिए । गण्डकी प्रदेशमा उनी जस्तै ६० सदस्य रहेकाले अन्य सांसदको ईज्जतको लागि पनि सहेर बसेको उनको भनाई थियो ।

कार्यक्रममा एन्फा उपाध्यक्ष एंव प्रतियोगिताका संयोजक कृष्ण थापाले जनताले चुनेको प्रतिनिधीले मर्यादामा बस्नु पर्ने भएपनि उनले आफ्नो मर्यादा आफै घटाउने काम गरेको जानकारी दिए । उनले आफुहरुलाई रकम भष्टाचार गरेको, मनपरि गरेको जस्तो आरोप समेत मनाङेले सार्वजनिक स्थानमा लगाएकाले केही अनिमियतता र मनपरी भएको भए त्यसको प्रमाण पेश गर्न थापाले चुनैती समेत दिए । आफुहरुले कानुनी उपचार खोज्ने भन्दै थापाले यसका लागि दुई तीन दिनपछि एन्फाको बैठक बस्न लागेको जानकारी समेत दिए ।