Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ माघ ८ बुधबार १४:२०:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

भारतको च्याउमा प्रतिबन्ध लगाउन विकास केन्द्रमा तालाबन्दी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ माघ ८ बुधबार १४:२०:००

काठमाडौं उपत्यकाका च्याउ व्यावसायीले भारतबाट आयात गरिएको च्याउमा प्रतिबन्ध लगाउन माग गर्दै कृषि विभागअन्तर्गतको व्यावसायिक किट विकास केन्द्रमा तालाबन्दी गरेका छन् । 

बजारमा भारतबाट आयातित च्याउको मूल्य सस्तो हुँदा महंगो लागतमा उत्पादन गरिएको नेपाली च्याउले बजार नपाएको गुनासो गर्दै उनीहरु आज बिहान केन्द्रमा धर्ना दिन पुगेका थिए ।

आफ्नो मागप्रति केन्द्रका पदाधिकारी सकारात्मक नभएपछि उनीहरुले तालाबन्दी गरेका हुन् । प्रहरी र सशस्त्र प्रहरीको उपस्थितिमा केन्द्रमा लगाएको ताला खोलिएको छ ।