१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
एजेन्सी
२०७६ माघ ८ बुधबार १३:३१:००
Read Time : < 1 मिनेट
सप्तरंग

‘बाहुबली’ कमाइ पछ्याउँदै अल्लु अर्जुनको फिल्म 'अला वैकुंठापुरमलो'

Read Time : < 1 मिनेट
एजेन्सी
२०७६ माघ ८ बुधबार १३:३१:००

१२ जनवरीमा प्रदर्शनमा आएको दक्षिण भारतीय अभिनेता अल्लु अर्जुनको फिल्म ‘अला वैकुंठापुरमलो’ले पहिलो सातामै सय करोड भारतीय रुपैयाँभन्दा बढी कमाइ गर्न सफल भएको छ ।

निजाम/आधा क्षेत्रमा मात्रै यो फिल्म सर्वाधिक कमाउने फिल्मको दोस्रो नम्बरमा परेको भारतीय फिल्म वितरकहरुले बताएका छन् । जुन ‘बाहुबली : द कन्क्लुजन’ पछिको कमाइ हो ।

बाहुबलीले रिलिजको सुरु हप्तामै एक सय ६० करोड कलेक्सन गरेको थियो । अल्लुको यो फिल्मले १ सय ८० करोड भारु कलेक्सन गरिसकेको छ ।

‘अला वैकुंठापुरमलो’ को रिलिजको एक दिन अगाडि महेश भाबुको फिल्म ‘सरिलेरु निक्केवारु’ रिलिज भएको थियो । जसले पहिलो हप्तामा बक्स अफिसमा ९० करोड कलेक्सन गरेको छ ।