Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ माघ ८ बुधबार १२:२९:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली

यी हुन् ‘कोरोनाभाइरस’ संक्रमणका लक्षण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ माघ ८ बुधबार १२:२९:००

‘कोरोनाभाइरस’ नाम दिइएको  रहस्यमयी रोगका कारण चीनमा अहिलेसम्म ६ जनाको मृत्यु भएको छ । सो रोगबाट प्रभावितहरूको सङ्ख्या २९१ पुगेको छ। चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगले ‘कोरोनाभाइरस’ को संक्रमण भएपछि निम्न लक्षण हुने बताएको छ । 

  • सुरूमा ज्वरो आउने तथा खोकी लाग्ने,
  • सास फेर्न गाह्रो हुने,
  • टाउको, जीउ दुख्ने,
  • साधारण चिसो, फ्लु वा न्यूमोनिया हुनसक्ने,

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले पछिल्लो समय देखा परेको याे रोगको उत्पत्ति श्वासनलीमा आक्रमण गर्ने ‘कोरोना’ वर्गको अपरिचित भाइरसबाट भएकोले बिरामीले खोक्दा, हाच्छ्युँ गर्दा र सास फेर्दा निस्किने जीवाणु स्वस्थ मानिसको नाक, मुख र आँखाको सम्पर्कमा आएर सरेको हुनसक्ने अनुमान गरेका छन् । र यससम्बन्धी छलफल गर्न डब्लुएचओले आज छलफल गर्दै छ । डब्लुएचओले काेराेना संक्रमण फैलिनसक्ने माध्यम हावा र पानीसमेत भएकोले यसबाट सावधानी अपनाउन भनिएको छ ।