मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ माघ ८ बुधबार ११:३९:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली

यस्तो छ टेनिस स्टार जोकोभिचको डाइट प्लान

Read Time : < 1 मिनेट
२०७६ माघ ८ बुधबार ११:३९:००

सर्बियाली टेनिस स्टार नोभाक जोकोभिचले आफ्नो करिअरमा १६ वटा ग्रान्डस्लाम उपाधि जितिसकेका छन् । उनी कडा अभ्यास, व्यवस्थित जीवनशैली र स्वस्थ खानपानबाट सफलता सम्भव भएको बताउँछन् । जोकोभिचको डाइट प्लान यस्तो छ :

बेडबाट उठ्नासाथ मैले गर्ने पहिलो काम भनेको पानी पिउनु हो । पानी कम भएको अवस्थामा शरीरका अंगले काम गर्न नसकेजस्तो लाग्छ । त्यसैले म पानी धेरै पिउँछु । म दैनिक दुई चम्चा मह खान्छु, किनकि शरीरलाई सुगर पनि चाहिन्छ ।

सुगरले स्फूर्ति दिन्छ । सोडा, चकलेटलगायतका पदार्थ कम लिन्छु । यसपछि केही समय अभ्यास गरेर म ब्रेकफास्ट गर्छु । ग्लुटिन–फ्री खाद्यान्न, अटमिल, मिक्स नट, आलमोन्ड, वालनट्स, पिनट्स, सनफ्लावर तथा फर्सीको बिउ, केरा, नरिवलको तेल, नरिवलको पानीलगायत मिक्स गरेर एक कचौरा खान्छु ।

कहिलेकाहीँ केही फरक खान मन लाग्यो भने माछा, पाउरोटी र एभोकाडो लिन्छु । लन्चमा पास्ता र प्रायः ताजा तरकारी वा फलफूल लिन्छु । अभ्यासको समय म दुई बोतल इनर्जी ड्रिंक्स लिन्छु । यसले ऊर्जा प्रदान गर्छ । इलेक्ट्रोलाइटिस, म्याग्नेसियम, क्याल्सियम, जिंक, सेलेनियम र भिटामिन सीयुक्त ड्रिंक्स लिन्छु । 

खेल सुरु हुनुअघि र खेलका दौरान म उच्च गतिमा रहन चाहन्छु । त्यसैले छोकडा, महलगायतका तत्काल शक्ति दिने खानेकुरा लिन्छु । शरीरलाई प्रोटिन निकै आवश्यक हुन्छ । डिनरमा माछा वा मासु लिन्छु । त्यससँगै सलादका रूपमा गाँजर, मुला, हरियो सागपात खान्छु ।