मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ माघ ८ बुधबार १०:५९:००
Read Time : < 1 मिनेट
समाचार

हेलो किड्ज्मा नि:शुल्क स्वास्थ्य शिविर

Read Time : < 1 मिनेट
२०७६ माघ ८ बुधबार १०:५९:००

अरुणिमा एजुकेशन नेटवर्क प्रा.लिको आयोजनामा गोकर्णेश्वर नगरपालीकाको नारायणटार स्थित हेलो किड्ज प्रि-स्कुलमा भएको नि:शुल्क स्वास्थ्य शिविरमा ४ सय भन्दा वढी व्यक्तिले परिक्षण गराएका छन् । शिविरमा मुटु परिक्षण सहित विभिन्न रोग सम्वन्धी नि:शुल्क स्वास्थ्य परिक्षण गरिएको थियो । 

मनमोहन कार्डियो थोरासिक भास्कुलर एवं ट्रान्सप्लाण्ट सेन्टर टिचिङ अस्पताल, शंकरापुर अस्पताल, नेपा अर्थोपेडिक अस्पताल र ओम् समाज डेण्टल हस्पिटलका ३१ जना विभिन्न विशेषज्ञ डाक्टरहरुबाट गोकर्णेश्वर नगरपालिका, कागेश्वरी मनोहरा नगरपाकिा र काठमाडौं महानगरपालिका वडा नम्वर ६ का बासिन्दालाई मुटु, नाक, कान, घाँटी, बाल रोग, आँखा, हाडजोर्नी र दाँतको समस्इा भएका ४ सय ३७ जना विरामिको नि:शुल्क स्वास्थ्य जाँच गरिएको थियो ।

शिविरमा मनमोहन कार्डियो भास्कुलर सेन्टरबाट नि:शुल्क इसिजी र इको गरिएको थियो । त्यस्तै, ओम समाजले नि:शुल्क दाँतको स्क्यालीङ पनि गरेको थियो । स्वास्थ्य शिविरको अनुगमन मनमोहन कार्डियो थोसासिक भास्कुलर सेन्टरका बरिष्ठ डाक्टर भगवान कोइराला र प्रशासक कुन्दन सत्यालले गरेका थिए ।

उक्त अवसरमा बिरामीलाई नि:शुल्क औषधी वितरण, इिसिजि तथा इको गरिएको थियो ।  हेलो किड्ज् प्रि–स्कुलले प्रत्येक वर्ष यस्तो नि:शुल्क स्वास्थ्य शिविर संचालन गर्ने गरेकाे संस्थाका कार्यकारी निर्देशक केशव प्रसाद जोशीले जानकारी दिए ।