१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ माघ ८ बुधबार १०:३३:००
Read Time : < 1 मिनेट
समाचार

घुससहित प्रहरी जवान पक्राउ

Read Time : < 1 मिनेट
२०७६ माघ ८ बुधबार १०:३३:००

सिरहामा अख्तियारको टोलीले पाँच हजार घुससहित एक प्रहरी जवानलाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय सुखिपरका प्रहरी जवान राजकुमार यादवलाई ५ हजार घुस रकमसहित अख्तियारको टोलीले पक्राउ गरेको छ  । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबास कार्यालयबाट खटिएको टोलीले बुधबार बिहान पक्राउ गरेको हो  ।

भारतीय बजार लदनियाँबाट घरायसी प्रयोजनका सामग्रीमा सहयोग गर्ने भन्दै घुस मागेका उनलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ । पक्राउ गरिएको प्रहरी जवान यादवलाई अख्तियारको टोलीले थप अनुसन्धानका लागि बर्दिबास कार्यालय लगेको छ ।