१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
काठमाडौं
२०७६ माघ ८ बुधबार ०९:०९:००
Read Time : > 1 मिनेट
सेयर बजार

दिनभर उतारचढावमा रहेको नेप्से अन्त्यमा बढेर बन्द

Read Time : > 1 मिनेट
काठमाडौं
२०७६ माघ ८ बुधबार ०९:०९:००

कारोबारको आधा घन्टासम्म बढेको बजार सोपछि उतारचढाव देखिएको छ । आधा घन्टामा १ हजार ३ सय २८ बिन्दुसम्म पुगेको परिसूचक घटेर १ हजार ३ सय ९ बिन्दुसम्म ओर्लियो । बजारमा खरिद र बिक्री गर्नेहरू उत्तिकै सक्रिय हुँदा अन्त्यमा ३ दशमलव ३६ अंक बढेर १ हजार ३ सय २० दशमलव ४७ बिन्दुमा बन्द भएको छ ।  सोमबार बजार घटे पनि कारोबार रकमले साथ दिएकाले मंगलबार बढेको लगानीकर्ता बताउँछन् । निरन्तर उच्च अंकले बढेको बजारमा एक–दुई दिन करेक्सन हुनुलाई सामान्य लिने गरेको लगानीकर्ताको भनाइ छ । 

नेप्से परिसूचकले १ हजार ३ सय ६० मा प्रतिरोध पाएर घटे पनि परिसूचक १ हजार ३ सय बिन्दुभन्दा तल जान नखोजेको विश्लेषक बताउँछन् । मंगलबार १ अर्ब ५१ करोड ९९ लाखभन्दा बढीको कारोबार रकमले बुधबार बजार सामान्य उतारचढाव रहने विश्लेषक बताउँछन् । यस दिन कारोबार बन्द हुने अन्तिम समयमा खरिद चाप परेकाले बुधबार बजार सुधारिने आशा लगानीकर्तामा छ ।  यस दिन १२ समूहको परिसूचकमा ६ समूह घटेको छ भने ६ बढेको छ ।

बैंकिङ, व्यापार, होटेल, निर्जीवन बिमा, उत्पादनमूलक र जीवन बिमा समूह बढेका छन् भने अरू घटेका छन् । व्यापार र निर्जीवन समूहको परिसूचक १ प्रतिशतभन्दा बढीले बढेको छ । अन्य र म्युचुअल फन्ड समूहको परिसूचक १ प्रतिशतभन्दा बढीले घटेको छ ।  यस दिन कारोबार भएका १ सय ८३ कम्पनीको ४४ लाख ५५ हजार ५ सय ४५ कित्ता सेयर कारोबार भएको छ । सोमबारको तुलनामा कारोबार रकम घटेको छ । केही दिन उच्च अंकले बढेको बजार अब, भने सामान्य वृद्धि हुँदै जाने संकेत देखिन्छ ।

यस दिन हिमालयन बैंकको संस्थापकतर्फको सर्वाधिक २४ करोड ४६५ लाखभन्दा बढीको कारोबार भएको छ । दोस्रोमा हिमालयन डिूटलरीको १० करोड ५२ लाखभन्दा बढीको कारोबार भएको छ । मंगलबार गुराँस लाइफ इन्स्योरेन्स र ग्लोबल आइएमई बैंकको सेयरमा सकारात्मक सर्किट लागेको छ । पाँचथर पावरको सेयर मूल्य भने ९ दशमलव ५२ प्रतिशत बढेको छ । जनतासँगको मर्जरपछि दोस्रो बजारमा सोमबारदेखि कारोबार सुरु भएको ग्लोबल आएमई बैंकको ९ दशमलव ७४ प्रतिशत बढेको छ । बैंकको नेप्सेमा कारोबार बन्द हुँदा २ सय ८५ मा बन्द भएको थियो ।

जनतासँगको मर्जरपछि नेप्सेले २ सय ५२ मूल्य रेन्ज तोकेको मूल्य बढ्न पुगेको हो । मंगलबार १ सय ८३ वटा कम्पनीको कारोबारमा ७८ कम्पनीको मात्र सेयर मूल्य बढ्न पुगेको छ भने ८१ कम्पनी घटेका छन् । २४ कम्पनी बन्द हुने वेलामा अघिल्लो दिनको मूल्यमा तथा स्थिर भई बन्द भए । एनआइसी एसिया ग्रोथ फन्ड र आएसिएफसी फाइनान्सको सेयर मूल्य ६ प्रतिशतले घटेको छ । मंगलबारको कारोबारबाट सेतो सामान्य डोजी आकृति बनेको छ । यसले बुधबार बजार अन्योल रहने संकेत गरेको छ । १४ दिने आरएसआई सूचक ७६ दशमलव ७६ ले बजारमा खरिद चाप ओभरबट जोन संकेत गरेको छ ।