मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ माघ ८ बुधबार ०८:१६:००
Read Time : < 1 मिनेट
खेलकुद

महिला फुटबलको उपाधि मोरङलाई

Read Time : < 1 मिनेट
२०७६ माघ ८ बुधबार ०८:१६:००

धनकुटामा भएको प्रदेशस्तरीय सहिद रामकृष्ण श्रेष्ठ महिला फुटबल प्रतियोगिताको उपाधि मोरङ फुटबल संघले जितेको छ । धनकुटा सदरमुकामस्थित तल्लो टुँडिखेलमा मंगलबार सम्पन्न फाइनल खेलमा धनकुटा फुटबल संघलाई १–० गोलले पराजित गर्दै मोरङले उपाधि हात पारेको हो । मोरङले उपाधिसँगै एक लाख प्राप्त गरेको छ ।  

उपविजेतामा सीमित धनकुटाले ५० हजार प्राप्त गर्‍यो । मोरङलाई उपाधि दिलाउन खेलको ४१औँ मिनेटमा इमा राईले गरेको एक मात्र गोल निर्णायक बन्यो । इमाले पेनाल्टी अवसर सदुपयोग गर्दै गोल गरेकी थिइन् ।

धनकुटाकी भूमिका राईले डिबक्सभित्र हातले बल छोएपछि मोरङले पेनाल्टी अवसर पाएको थियो । इमा प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडीसमेत घोषित भइन् । विधागततर्फ मोरङका कल्पना क्षेत्री उत्कृष्ट गोलरक्षक, पारस चौधरी उत्कृष्ट प्रशिक्षक, आशा लिम्बू उत्कृष्ट रक्षक घोषित भए ।

यस्तै, धनकुटाकी सन्ध्या रम्तेल उत्कृष्ट मिडफिल्डर र सुनीता तामाङ उदीयमान खेलाडी घोषित भए । प्रतियोगितामा समान दुई गोल गरेका मोरङका सावित्रा मगर र इमा राई सर्वाधिक गोलकर्ता चुनिए ।