मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
रासस
२०७५ माघ २ बुधबार १६:१७:००
Read Time : < 1 मिनेट
समाचार

देशमा अशान्ति र अस्थिरता अन्त्य भयो : माधव नेपाल

Read Time : < 1 मिनेट
रासस
२०७५ माघ २ बुधबार १६:१७:००

नेकपा वरिष्ठ नेता माधवकुमार नेपालले देशमा अशान्ति र अस्थिरताको युगको अन्त्य भएको बताए । भक्तपुरमा आयोजित कार्यक्रममा उनले अब देशमा शान्ति र स्थिरता स्थापना भइसकेको बताए । 

दुई तिहाइको वर्तमान सरकार र नेकपाबाट जनताले विकास र समृद्धिको ठूलो आशा राखेको पनि बताए । उनले सरकारले अघि सारेको समृद्ध मुलुक र सुखी नेपालीको मिसनलाई पूरा गर्नुपर्ने बताए । नेपालले देशको गरीबी र बेरोजगारीको चक्रब्यूहलाई अन्त्य गर्न सरकार सफल हुने भन्दै सीप, उद्यमशीलता र प्राविधिक शिक्षालाई गाउँगाउँमा पु¥याउनुपर्नेमा जोड दिए । 

सांसद महेश बस्नेतले पत्रकारिता क्षेत्रले सही समाचार सम्प्रेषण गर्न नसक्दा डा गोविन्द केसीको माग, वाइडबडीजस्ता कुरामा गलत सन्देश जाँदा समाजमा नकारात्मक छाप बसेको बताए ।