मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
लमजुङ
२०७६ माघ ८ बुधबार ०८:११:००
Read Time : < 1 मिनेट
खेलकुद

लालीगुराँसलाई उपाधि

Read Time : < 1 मिनेट
लमजुङ
२०७६ माघ ८ बुधबार ०८:११:००

२४औँ सिर्जना कपअन्तर्गत पुरुषतर्फको उपाधि लालीगुराँस युवा क्लब तल्लो चिप्लाले जितेको छ । फाइनल खेलमा आयोजक सिर्जना युवा क्लब ठुलीबेसीलाई टाइब्रेकरमा ४–३ गोलले पराजित गर्दै लालीगुराँसले उपाधि जितेको हो ।

उपाधिसहित लालीगुराँसले ७० हजार प्राप्त गर्‍यो । उपविजेतामा सीमित आयोजक सिर्जना युवा क्लबले ४० हजारमा चित्त बुझायो । महिलातर्फको उपाधि लमजुङ एकेडेमी गल्स फुटबल टोलीले जितेको छ ।

लमजुङ एकेडेमीलाई पनि उपाधिका लागि टाइब्रेकरकै सहायता लिन पर्‍यो । लमजुङ एकेडेमीले फाइनल खेलमा शान्तिदीप युवाक्लब दिङदिङलाई ट्राइब्रेकरमा ४–३ गोलले पराजित गर्‍यो ।

लमजुङ एकेडेमीले उपाधिसँगै १५ हजार र शान्तिदीपले आठ हजार प्राप्त गरे । स्थानीय सिर्जना युवा क्लबले आफ्नो २४औँ वार्षिकोत्सवको अवसरमा प्रतियोगिताको आयोजना गरेको हो ।