Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ माघ ८ बुधबार ०७:५१:००
Read Time : < 1 मिनेट
समाचार

मधेस आन्दोलनका घाइतेलाई एक लाख सहयोग

Read Time : < 1 मिनेट
२०७६ माघ ८ बुधबार ०७:५१:००

नयाँ पत्रिका समाचार प्रभाव

मधेस आन्दोलनमा घाइते भई दाहिने खुट्टा गुमाएका सिरहाको लहान नगरपालिका–२४ गोविन्दपुरका ३९ वर्षीय किसुन साहले एक लाख रुपैयाँ आर्थिक सहयोग प्राप्त गरेका छन् । नयाँ पत्रिका दैनिकमा समाचार प्रकाशित भएपछि ललितपुर महानगरपालिका–१६ नकबहिल तोलाछेंका ७९ वर्षीय मदनकुमार श्रेष्ठले साहलाई एक लाख रुपैयाँ सहयोग उपलब्ध गराएका हुन् । श्रेष्ठबाट नयाँ पत्रिकालाई प्राप्त एक लाख रुपैयाँ मंगलबार साहलाई हस्तान्तरण गरिएको छ । श्रेष्ठले साहको अधुरो घर निर्माणमा सघाउ पुगोस् भन्ने उद्देश्यले आफूले सहयोग गरेको बताएका छन् । 

मंगलबार नेपाल मानवअधिकार संगठनका केन्द्रीय सदस्य राजकुमार राउत कुर्मी र नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष राजलाल गुप्ता रौनियारले लहानमा आयोजित कार्यक्रममा साहलाई सहयोग रकम हस्तान्तरण गरे । 

मधेस आन्दोलनमा एउटा खुट्टा गुमाएपछि नक्कली खुट्टा हालेर सिटी रिक्सा चलाएको भरमा साहले दुई छोरा, एक छोरी र पत्नीसहित पाँचजनाको लालनपालन गर्दै आएका छन् । ४ माघमा नयाँ पत्रिकामा प्रकाशित ‘नक्कली खुट्टाले पेट पाल्दै छु’ शीर्षकको आलेख पढेर श्रेष्ठले उक्त रकम उपलब्ध गराएका हुन् । 

 अन्य दाताबाट पनि सहयोग
घाइते साहलाई नगद हस्तान्तरण कार्यक्रममा लहान–२४ का वडाध्यक्ष कमलदेव यादवले कक्षा १० मा पढिरहेकी साहकी छोरी रविना, छोराहरू विश्वजित र इनरजितलाई सर्ट, पैन्ट र स्कर्टको लागि कपडा प्रदान गरेका छन् ।  त्यसैगरी, भूमिका यातायात प्रालिका भूपाल घिमिरे र महासंघका उपाध्यक्ष रौनियारले तीन हजार रुपैयाँबराबरको शैक्षिक सामग्री हस्तान्तरण गरेका छन् ।