मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
काठमाडौं
२०७६ माघ ८ बुधबार ०७:५०:००
Read Time : < 1 मिनेट
अर्थ

रिचार्जरको बिग सेलमा एकैदिन २२ हजार अर्डर

Read Time : < 1 मिनेट
काठमाडौं
२०७६ माघ ८ बुधबार ०७:५०:००

योजनाअन्तर्गतका सबै अफर जनवरीभर सञ्चालन हुने

भ्रमण वर्षलाई लक्षित गरी रिचार्जरले जनवरी २० मा सञ्चालन गरेको बिगसेल २०२० मा २२ हजारभन्दा धेरै अर्डर प्लेस भएको बताइएको छ । पहिलोपटक सञ्चालन गरेको बिगसेलका अफरलाई जनवरी महिनाभर निरन्तरता दिइने रिचार्जरका अध्यक्ष अलाइभ ग्लाइडरले जानकारी दिए । बिग सेलका दिन सञ्चालन गरिएका अफरमा धेरै अफर थप गर्दै सेवाग्राहीलाई सस्तोमा वस्तु तथा सेवा गर्दै लैजाने उनले बताए ।

सेवाग्राहीको अधिक चासोका कारण बिगसेलका दिन रिचार्जरको मोबाइल एपमा अधिक हिट आउँदा केही समस्या आएको जानकारी दिँदै ग्लाइडरले केही समयमा नै समस्या समाधान भएको बताए । भ्रमण वर्ष सचिवालयको आधिकारिक इ–कमर्स प्लेटफर्मसमेत रहेको रिचार्जरले बिगसेलमा नेपाली बजारमा अहिलेसम्मकै सस्तो मूल्यमा विभिन्न वस्तु तथा सेवा उपलब्ध गराएको दाबी गरेको छ । 

बिगसेल अवधिभर मेगा डिलअन्तर्गत ६० प्रतिशतसम्म छुटमा वस्तु तथा सेवा पाइनुका साथै क्यास भौचर, एक्स्ट्रा बैंक डिस्काउन्ट पनि उपलब्ध हुने कम्पनीले जनाएको छ । यसैगरी, हरेक खरिदकर्तालाई गोलाप्रथाबाट विभिन्न उपहारसमेत प्रदान गरिनेछ । भ्रमण वर्ष सचिवालयसँगको सहकार्यमा रिचार्जरले डोमेस्टिक टुर प्याकेज, सोभिनियर्ज आइटम (नेपाली हस्तकलाका उत्पादन) र २४ सेभेन फुड सर्भिसमा एक्साइटिङ अफर उपलब्ध गराउने बताएको छ । 

बिगसेलका अवसरमा नेपालीलाई नेपाल घुमाउने योजनाअन्तर्गत सस्तो मूल्यमा विभिन्न गन्तव्यको टुर प्याकेज तथा हेलिकोप्टरमार्फत सस्तो मूल्यमा विभिन्न पर्यटकीय स्थलको भ्रमण गर्ने प्याकेज पनि रिचार्जरमा उपलब्ध हुने बताइएको छ । जतिको रिचार्ज, त्यति नै क्यासब्याक भन्ने स्लोगनसहित सञ्चालित रिचार्जरमा उपलब्ध हुने वस्तु तथा सेवाको महसुल शून्य प्रतिशत ब्याजदरमा किस्ताबन्दीसमेत उपलब्ध हुने बताइएको छ ।