मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका भक्तपुर
२०७६ माघ ७ मंगलबार १६:४८:००
Read Time : < 1 मिनेट
समाचार

चन्दा असुल्दै गर्दा विप्लव समुहका जिल्ला सेक्रेटरी पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका भक्तपुर
२०७६ माघ ७ मंगलबार १६:४८:००

भक्तपुरको चार दोबाटोमा चन्दा असुल्दै गरेका विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (विप्लव समुह)का सिन्धुपाल्चोक जिल्ला सेक्रेटरी पक्राउ परेका छन् । व्यापारीहरुसँग धम्की देखाइ चन्दा असुली गरिरहेको अवस्थामा ४४ वर्षीय भुवनसिंह तामाङलाई पक्राउ गरेको महानगरीय प्रहरी वृत्त ठिमीले जनाएको छ । 

वृत्त प्रमुख डिएसपी शान्तिराज कोइरालाले सोमबार दिउँसो तामाङलाई पक्राउ गरिएको जानकारी दिए । मेलम्ची नगरपालिका–९ का तामाङले व्यापारीलाई धम्की देखाइ जबरजस्ती चन्दा असुली गरिरहेको प्रहरीको भनाइ छ । तमाङलाई अभद्र व्यवहार कसुरमा समेत मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको कोइरालाले बताए ।