मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७६ माघ ७ मंगलबार १३:४८:००
Read Time : > 1 मिनेट
समाचार

विराटनगर जोगबनी नाकाको आईसिपी हस्तान्तरण  

Read Time : > 1 मिनेट
२०७६ माघ ७ मंगलबार १३:४८:००

नेपाल र भारत सरकारको संयुक्त्त लगानीमा विराटनगर जोगवनी सीमा क्षेत्रमा निर्माण भएको संयुक्त भन्सार जाँच बिन्दु ‘जोईन्ट इन्डिग्रेडेड चेकपोष्ट’ (आइसिपी) हस्तान्तरण भएको छ ।  

नेपाल-भारतको भन्सार जाँचपासलाई सहज बनाउन नेपालतर्फको विराटनगर र भारत तर्फको जोगवनी नाकामा निर्माण भएको अन्तर्राष्ट्रिय स्तरको संयुक्त आइसिपी मंगलबार नेपाल सरकारलाई हस्तान्तरण गरिएको हो । 

मंगलबार दिउँसो सवा ११ बजे भारतका प्रधामन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री केपी ओलीले काठमाडौंमा भिडियो कन्फ्रेन्स गरेपछि जोगवनी नाकामा रहेको नेपाल तर्फको आइसिपी औपचारिक रुपमा नेपाल सरकारलाई हस्तान्तरण भएको हो । 

नेपालतर्फको आइसिपी मंगलबार नाकामा पुगेर संघीय सरकारका उद्योग बाणिज्य तथा आपुर्ति राज्यमन्त्री मोती दुगडले शिलालेख अनावरण गरे । एक वर्ष पहिले नै निर्माण सम्पन्न भएको आइसिपी भारत सरकारबाट हस्तान्तरण हुँन बाँकी थियो । भारततर्फ भने कात्तिक २०७४ देखी जोगवनीमा जाँच चौकी संचालनमा आएको थियो ।  

मुख्य परामर्शदाता भारतीय एमएस राइटस कम्पनी रहेको आइसिपीको निर्माण भारतले आफ्नो तर्फ तोकिएकै समय सन २०१४ मा गरेको थियो । नेपाल–भारत दुवैतर्फ एकैचोटी निर्माण सम्पन्न भएर आइसिपी संचालनमा आउनुपर्ने भएपनि नेपालतर्फ जग्गा अधिग्रहण र हस्तान्तरणमा ढिलाई हुँदा नेपालतर्फको निर्माणमा ६ वर्ष ढिलाई भएको थियो ।  

२०७३ मंसिरमा नेपाल सरकारले जग्गा हस्तान्तरण गरेपछि भारतीय निर्माण कम्पनी दिनेश चन्द आर इन्फाकमले नेपालतर्फको आइसिपी निर्माण गरेको हो । कम्पनी प्राविधिकहरुका अनुसार नेपालतर्फ बिभिन्न ८ वटा प्रशासनिक भवन, ५ वटा प्रोसिसेड भवन, ९ किमी सडक  अढाई किलोमिटर नालासहित बत्ती, बगैँचा, पार्किङ स्थल लगायतका संरचना छन् ।  

नेपाल र भारतको संयुक्त्त लागनीमा निर्माण भएको आधुनिक सुविधासम्पन्न अन्तर्राष्ट्रिय स्तरको उक्त्त ‘जोईन्ट ईन्डिग्रेडेड चेकपोष्टङ (आईसिपी) भारतले आफ्नो भूमी जोगबनी नगरपालिकाको भेडियारीमा १४ सय मिटर लम्वाई र ५ सय मिटर चौडाई बरावरको निर्माण गरेर संचालनमा ल्याएको छ । तर नेपालतर्फ भने भारतसँग सिमाना जोडिएको मोरङको विराटनगर महानगरपालिका १८ बुधनगरमा १२८ विगहा जग्गामा निर्माण भएको छ । आइसिपी नेपाल तर्फ ८ सय ५० मिटर लम्वाई र ५ सय मिटर चौडाईको छ ।  

नेपालतर्फको निर्माण सम्पन्न भएपछि उक्त्त भन्सार जाँच चौकीबाट नेपाल–भारत दुवै तर्फको मालवस्तु सवारी साधन मार्फत आयात निर्यात हुनेछ ।