१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७६ माघ ७ मंगलबार १३:१७:००
Read Time : < 1 मिनेट
अर्थ

गाडि चालकका लागि रिफ्रेस सेन्टर खाेल्ने मन्त्री नेम्वाङको भनाइ

Read Time : < 1 मिनेट
२०७६ माघ ७ मंगलबार १३:१७:००

भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्बाङले चालकका लागि ठाँउ ठाँउमा रिफ्रेस सेन्टर खोलिने बताएका छन् । मंगलबार कञ्चनपुरको महेन्द्रनगरमा भीमदत्त बसपार्कको उद्घाटन गर्दै मन्त्री नेम्बाङले सवारीसाधन चालकका लागि रिफ्रेस सेन्टर खोलिने बताएका हुन । चालकका लागि आवश्यक पर्ने रिफ्रेस सेन्टर खोल्ने बारे सरकारले योजना बनाएको उनले बताएका हुन ।

मन्त्री नेम्बाङले भीमदत्त बसर्पाक नयाँ प्रविधी र सुविधायुक्त बसपार्क निर्माण भएकोले ऐतिहासिक महत्व रहेको चित्रण गरे । मन्त्री नेम्बाङले सार्वजनिक यातायात सेवालाई थप व्यवस्थित पार्नका लागि सरकारले तीनै सरकारसंग समन्वय गरेर संघीय यातायात कानुन ल्याउन तयारी थालेको समेत बताए । ‘यातायात क्षेत्रमा प्राविधिकरण समेत गठन गछौँ ‘मन्त्री नेम्बाङले भने ‘आम जनतालाई सुरक्षित यात्राको प्रत्याभूति दिलाउँछौँ ।’ 

उनले निजी क्षेत्रलाई समेत सहभागि गराएर नेपालमा विद्युतिय सार्वजनिक यातायात संचालन गर्नका लागि सरकारले योजना अघि सारेको समेत बताए । 
भीमदत्त नगरका मेयर सुरेन्द्र विष्टले यातायात क्षेत्रको विकास र सुविधाका लागि भीमदत्त बसपार्क थप व्यवस्थित र सुविधा सम्पन्न बनाईने बताए । महाकाली यातायात बस व्यवसायी प्रालिका अध्यक्ष डम्बरदत्त पन्तले नेपाल भारत सीमा क्षेत्रको स्थानीय तहमा रहेको बसपार्क र यातायात क्षेत्रमा देखिएका समस्या समाधान गर्न अनुरोध गरेका थिए । 

भीमदत्त नगरपालिकाले ७ करोड ३२ लाख रुपैयाँ लगातमा बसपार्क निर्माण गरेको हो । गुरुयोजना अन्तर्गत पर्खाल, सुरक्षा पोष्ट, तीनतले कार्यालय भवन, ग्रिन पार्क, घन्टाघर, पेट्रोल पम्प, ट्याक्सी स्टेन्ड, डिजिटल सूचना बोर्ड, ढल निकास, शौचालय, व्यावसायिक कक्ष, टिकट काउन्टर, सौय बत्ती, लकर रुम र गाडी स्टाफका लागि आराम गृह निर्माण गरिएको छ ।