मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका वीरेन्द्रनगर
२०७६ माघ ७ मंगलबार १२:४१:००
Read Time : < 1 मिनेट
समाचार

एमसीसी असंग्लन परराष्ट्र नीति विपरित : मोहनविक्रम सिंह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका वीरेन्द्रनगर
२०७६ माघ ७ मंगलबार १२:४१:००

नेपाल कम्युनिष्ट पार्टी मसालका महासचिव मोहनविक्रम सिंहले मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) मार्फत अनुदान सहयोग लिनु नेपालको असंग्लन परराष्ट्र नीति विपरित भएको बताएका छन् । सुर्खेतमा संचार क्लवले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव सिंहले अमेरिकाको एमसिसी सहयोग चीन घेर्ने नीतिका साथ आएकोले यो सरकारको असंगग्न परराष्ट्र नीति विपरित गएको बताएका हुन् । 

नेपालले असंग्लन परराष्ट्र निति अपनाएको अवस्थामा एमसिसी इन्डो प्यासेपिकको एक हिस्सा भएको र अमेरिकाले कहिल्यै पनि यो इन्डो प्यासेपिक भन्दा अलग हैन नभनेका कारणले यो राष्ट्र हित विपरित भएको बताए । ‘अमेरिकाले कहिल्यै पनि मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) इन्डो प्यासेपिक योजनाभन्दा अलग छ भनेको छैन् ।’ उनले भने ‘यो त्यसैको एक हिस्सा हो ।’ सिंहले थपे ‘त्यसैले यो राष्ट्र हित विपरित रहेको छ ।’

वर्तमान सरकारले आर्थिक प्रभोलनमा परेर देश बेच्न लागेको महासचिव सिंहले आरोप लगाए । ‘यो सरकारले आर्थिक प्रभोलनमा परेर देश बेच्न लागेको छ ।’ उनले भने ‘आर्थिक लाभका लागि देश नै बन्धकीमा राख्न पाइदैँन् ।’

वर्तमान सरकार कम्युनिष्टको नभई यो सरकार बामपन्थीको सरकार भएको महासचिव सिंहले बताए । ‘हामीले यो सरकार वामपन्थी सरकार भनेका छौं । जनपक्षीय सवालमा सहयोग पनि सहयोग र समर्थन गरेका छौं ।’ उनले भने ‘तर, यीनिहरुले आफ्नै घोषणा पत्रमा उल्लेख गरेको समाजवाद उन्मुख कार्यक्रम पनि लागु गरेका छैनन् ।’

संघीयताले देशलाई टुक्रा टुक्रा पार्ने भएकाले अहिले संघीयता आवश्यता नभएको उनले बताए ।