मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका
२०७५ पौष २ सोमबार १२:२०:००
Read Time : < 1 मिनेट
अर्थ

ग्लोबल आइएमई बैंकको बेथानचोकमा शाखा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ पौष २ सोमबार १२:२०:००

ग्लोबल आइएमई बैंक लिमिटेडले काभ्रेको बेथानचोकमा शाखा सञ्चालनमा ल्याएको छ । शाखाको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले उद्घाटन गरेका थिए ।

मन्त्री बाँस्कोटाले बेथानचोकलगायत देशका अन्य गाउँपालिकामा ग्लोबल आइएमई बैंकले विस्तार गरेको सेवा सञ्जालले देशको समग्र आर्थिक वृद्धिमा उल्लेखनीय टेवा पुगेको बताए ।

उक्त कार्यक्रममा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाललगायत स्थानीय जनप्रतिनिधि, बुद्घिजीवी तथा स्थानीयवासीको उल्लेख्य उपस्थिति थियो । बैंकले देशभरमा १ सय ३३ शाखा, १ सय ४१ एटिएम, ६ एक्सटेन्सन काउन्टर, १५ राजस्व संकलन काउन्टर र १ सय १० शाखारहित बैंकिङ सेवा, विदेशमा ३ प्रतिनिधि–सम्पर्क कार्यालयमार्फत आफ्ना ९ लाखभन्दा बढी ग्राहकलाई सेवा दिइरहेको जनाएको छ ।