मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ माघ ७ मंगलबार ११:२४:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली

दीपिका पादुकोणको फिटनेस सूत्र

Read Time : > 1 मिनेट
२०७६ माघ ७ मंगलबार ११:२४:००

चर्चित बलिउड अभिनेत्री दीपिका पादुकोण आफ्नो सुन्दरता र अभिनयका कारण विश्वभर चर्चामा छिन् । ३४ वर्षीया पादुकोण अभिनीत चलचित्र ‘छपाक’ अहिले हलमा प्रदर्शन भइरहेको छ । उनले यसबाट राम्रो प्रशंसा पनि बटुलेकी छिन् । दीपिका अभिनयसँगै फिटनेसमा पनि निकै ध्यान दिन्छिन् । 

डाइट
स्लिम रहन उनी जंकफुड र अस्वस्थ खानेकुराबाट सकेसम्म टाढा रहन्छिन् । खानामा मौसमी फलफूल, सागसब्जी, फाइबर, प्रोटिन, खनिज र एन्टिअक्सिडेन्डयुक्त खानेकुरा उनको डाइटमा समावेश हुन्छ । यसले तौल कम गर्न र स्वस्थ रहन मद्दत गर्दछ । उनले खानामा माछा, अन्डा, स्न्याक्स आदि प्रयोग गर्छिन् । प्रशस्त पानी, फलफूलको जुस, नरिवलको पानी, बटरमिल्क उनको दैनिक खानपानको तालिकामा पर्ने गर्छ । ब्रेकफास्ट र लन्चमा फलफूलजस्ता पौष्टिक खानेकुरा समावेश गर्छिन् । रातको समयमा हलुका खानेकुरा खाने गर्छिन् । 

दीपिका हरेक बिहान योग गर्ने गर्छिन् । यसले दिनभर सक्रिय तथा तनावमुक्त रहन मद्दत गर्छ । उनका अनुसार प्राणायाम, आसन र मेडिटेसनबाट शरीरका विषाक्त वस्तुहरू बाहिर निस्कन्छन् । 

जिम
पछिल्लो तीन वर्षदेखि दीपिका लगातार जिम गइरहेकी छिन् । उनले नियमित कार्डियो एक्सरसाइज र वेट लिफ्टिङ गरिरहेकी छिन् । जसले स्लिम तथा फिट रहन सहयोग गर्छ । 
नृत्यआफूलाई फिट राख्नका लागि उनी सधैँ नृत्य गर्ने गर्छिन् । यसका लागि उनले ट्रेनिङ पनि लिने गरेकी छिन् । नृत्यबाट शरीरमा रहेको अतिरिक्त क्यालोरी खपत हुने उनको मान्यता छ । उनले ज्याज, भरत नाट्यम, कत्थक नृत्य गर्ने गर्छिन् । 

योग
उनी हरेक बिहान योग गर्ने गर्छिन् । यसले दिनभर सक्रिय तथा तनावमुक्त रहन मद्दत गर्छ । उनका अनुसार प्राणायाम, आसन र मेडिटेसनबाट शरीरका विषाक्त वस्तुहरू बाहिर निस्कन्छन् । योगमा सूर्य नमस्कार, मार्जरी आसन, वीरभद्रासन, सर्वांगासन, प्राणायाम र मेडिटेसन गर्छिन् । पाइलेट्स फिटनेस ट्रेनिङमा पाइलेट्स गर्न मन पराउँछिन् । पाइलेट्स शरीरलाई लचिलो बनाउने अद्भुत तरिका हो । यसले फिगरलाई आकर्षक बनाउँछ । उनी पाइलेट्समा जम्पिङ सिरिज गर्ने गर्छिन्, जुन कार्डियो र पाइलेट्सको मिश्रण हो । शरीरको तौल घटाउन र फिटनेस कायम गर्न यो प्रभावकारी हुन्छ ।