१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
काठमाडौं
२०७६ माघ ७ मंगलबार ०९:२६:००
Read Time : < 1 मिनेट
समाचार

अर्थतन्त्रमा लघुवित्तको प्रभावबारे अध्ययन गरिने

Read Time : < 1 मिनेट
काठमाडौं
२०७६ माघ ७ मंगलबार ०९:२६:००

सेन्टर फर माइक्रो फाइनान्स र नेपाल लघुवित्त बैंकर्स संघबीच अर्थतन्त्रमा लघुवित्त संस्थाको सेवाबाट सदस्य तथा समुदायमा परेको आर्थिक, सामाजिक प्रभावसम्बन्धी अध्ययन गर्ने विषयमा सम्झौता भएको छ ।

सम्झौतामा फाइनान्सका तर्फबाट संस्थाका कार्यकारी अध्यक्ष डा. रेवतबहादुर कार्की र बैंकर्स संघको तर्फबाट अध्यक्ष वसन्त लम्सालले हस्ताक्षर गरे । 

अध्ययनले लघुवित्तको प्रभाव खासगरी गरिबी निवारण, कृषि, सेवा र औद्योगिक उत्पादन, सामाजिक द्वन्द्व, आर्थिक, सामाजिक परिचालनमा महिला नेतृत्व विकास, महिलाविरुद्ध हिंसा आदिमा केन्द्रित हुनेछ ।

एक वर्षमा सम्पन्न गरिने उक्त अध्ययनले नेपालको लघुवित्त क्षेत्रको विकासका लागि विशेष मार्गदर्शन गर्ने संघले विश्वास लिएको छ ।