मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नारायण रिजाल
२०७५ माघ २ बुधबार ११:४४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

प्रहरीको कुटपिटबाट दुई जना घाइते, एकको अवस्था गम्भीर

Read Time : < 1 मिनेट
नारायण रिजाल
२०७५ माघ २ बुधबार ११:४४:००

सुरक्षाका लागि खटिएका प्रहरीको कुटपिटबाट गलकोट नगरपालिका–६ का सोम बस्नेत र कृष्ण खत्री घाइते भएका छन् । हटिया प्रहरी चौकीका जवान प्रेम विष्ट र बुद्ध थापाको कुटाइबाट बस्नेत र खत्री घाइते भएका हुन् । 

गम्भीर घाइते बस्नेतको पोखरास्थित फेवा सिटी अस्पतालको सघन कक्षमा उपचार भइरहेको उनकी श्रीमती कृष्णकुमारीले जानकारी दिइन् । बस्नेतको पिसाव नली फुटेको छ । कुटपिटपछि शरिरमा रगत धेरै जमेकाले अप्रेशन गरिएको अस्पतालले जनाएको छ । बस्नेत हालसम्म पनि अचेत अवस्थामा छन् ।

स्थानीय बासिन्दाले प्रहरीले सामान्य बिषयमा निर्घाट कुटपिट गरेर ज्यादती गरेको भन्दै घटनामा संलग्न प्रहरीलाई तत्काल कारवाहीको दायरामा ल्याउन माग गरेका छन् । आइतबार राति गलकोट नगरपालिका–३ हटिया बजारस्थित प्रहरी चेकपोष्टअघि दुवै जनामाथि कुटपिट गरिएको हो । खत्रीको अवस्था भने सामान्य छ । 

कुटपिटमा संलग्न प्रहरी जवान विष्ट र थापालाई इलाका प्रहरी कार्यालय हरिचौर सरुवा गरिएको छ । घटनाबारे अनुसन्धान थालिएको प्रहरी निरीक्षक केशवसिंह थापाले बताए । दोषी देखिए कारवाही गरिने उनको भनाइ छ ।