मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका  जुम्ला
२०७६ माघ ६ सोमबार २१:३९:००
Read Time : < 1 मिनेट
समाचार

नयाँ पत्रिकाकर्मी रावल सम्मानित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका  जुम्ला
२०७६ माघ ६ सोमबार २१:३९:००

नयाँ पत्रिकाका जुम्ला रिपोर्टर मानदत्त रावल सम्मानित भएका छन् ।

कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारी, प्रदेश सांसद दिनबन्धु श्रेष्ठलगायतको टोलीले सोमबार पत्रकार भेटघाट कार्यक्रममा नयाँ पत्रिकाकर्मी रावललाई सम्मानित गरेका हुन् ।

मन्त्री भण्डारीले छुई प्रथाविरुद्धका अभियन्ताका रूपमा रावललाई सम्मान गरिएको बताए । तातोपानी गाउँपालिका– ८, बारागाउँस्थित जनजागृति आधारभूत विद्यालयमा महिनावारी भएका छात्रा कक्षा कोठाभित्र जाँदैनन् भन्ने समाचार ३० मंसिरमा नयाँ पत्रिकामा प्रकाशित भएपछि छुई प्रथाविरुद्ध राष्ट्रिय अभियान सञ्चालन भएको मन्त्री भण्डारीले बताए ।

‘नयाँ पत्रिकामा प्रकाशित त्यही समाचारका कारण गृहमन्त्रालयले छाउपडी प्रथा अन्त्य गर्न छाउगोठ भत्काउने र सचेतना जगाउने अभियान नै सञ्चालन गरेको छ,’ मन्त्री भण्डारीले भने, ‘त्यसको जस नयाँ पत्रिकाकर्मी रावललाई जान्छ ।’ अहिले कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका गाउँ–गाउँसम्म छाउगोठ भत्काउने अभियान तीव्र रूपमा चलिरहेको छ ।