१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ माघ ६ सोमबार २०:२५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

प्रहरीको एआइजी बढुवाको सिफारिस उजुरी समितिद्वारा सदर 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ माघ ६ सोमबार २०:२५:००

नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआइजी) बढुवाको सिफारिस उजुरी सुन्ने समितिले सदर गरेको छ । गृहसचिव प्रेमकुमार राई नेतृत्वको बढुवा सिफारिस समितिले डा. आशा सिंहलाई एआइजी बढुवामा सिफारिस गरेको थियो । जुनियर डिआइजीलाई सिफारिस गरेको भन्दै अर्का डिआइजी डा. मिनराज पाठकले उजुरी गरेका थिए ।

लोक सेवा आयोगका अध्यक्ष उमेश मैनाली नेतृत्व उजुरी सुन्न समितिले बढुवा समितिकै सिफारिसलाई सदर गरेको छ । सोहीअनुसार गृह मन्त्रालयले डिआइजी सिंहलाई एआइजी बढुवाका लागि मन्त्रिपरिषदमा प्रस्ताव पेश गरेको छ । जुनियरलाई धेरै नम्बर दिएर बढुवा सिफारिस गरेपछि विवाद भएको थियो । 

उजुरी सुन्ने समितिले नम्बर जोड्न नै गल्ती गरेको अवस्थामा बाहेक सिफारिस हेरफेर गर्न नसक्ने प्रावधान छ । उजुरी उपर शुक्रबार नै निर्णय गरी पठाइएको अध्यक्ष मैनालीले बताए । प्रहरी अस्पतालमा रिक्त रहेको एआइजी पदमा डा. सिंहको सिफारिस भएको हो ।