१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ माघ ६ सोमबार १९:४०:००
Read Time : < 1 मिनेट
विश्व

सत्तारूढ दल भाजपाको अध्यक्षमा नाडा निर्वाचित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ माघ ६ सोमबार १९:४०:००

भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)को केन्द्रीय अध्यक्षको जिम्मेवारी नयाँ व्यक्तिलाई दिइएको छ । पार्टीले सोमबार नेता जगत प्रकाश नाडालाई पार्टीको अध्यक्षमा निर्वाचित गरेको नेताहरुले जानकारी दिएका छन् ।

उनी विगत ६ महिनादेखि कार्यबाहक अध्यक्षको रूपमा रहेका थिए । तत्कालीन पार्टी अध्यक्ष अमित शाह गृहमन्त्री भएपछि उनले राजीनामा दिएर नाडालाई कार्यबाहक अध्यक्ष बनाइएको थियो । 

नाडा सोमबारदेखि औपचारिक रूपमा भाजपाको ११ औँ अध्यक्ष बनेका हुन् । उनी यसअघि हिमाञ्चल प्रदेशको मन्त्रीसमेत रहेका थिए । भारतको सत्ताधारी दल भाजपाले आफ्नो दलमा सन् २०१९ सम्ममा १८ करोडभन्दा बढी सदस्यहरू रहेको दावी गरेको छ ।