मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
विवेक पोख्रेल चितवन
२०७६ माघ ६ सोमबार १९:१९:००
Read Time : < 1 मिनेट
समाचार

बालिका आश्रमको नयाँ भवन बन्ने

Read Time : < 1 मिनेट
विवेक पोख्रेल चितवन
२०७६ माघ ६ सोमबार १९:१९:००

लोक कल्याण सेवा प्रतिष्ठानद्वारा सञ्चालित देवघाटको श्रीराम जानकी बालिका आश्रमको नयाँ भवन बन्ने भएको छ ।

नयाँ भवनको प्रतिनिधिसभाका कानुन, न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोख्रेलले शिलान्यास गरे । भरतपुर महानगरपालिकाले भरतपुर–१ देवघाटमा प्रदान गरेको पाँच कठ्ठा जमिनमा बन्ने भवन तीन तलाको हुनेछ । आश्रमकी अध्यक्ष सावित्री टण्डनका अनुसार भवन निर्माण सम्पन्न गर्न दुई करोड ३२ लाख लाग्ने अनुमान गरिएको छ ।

२३ कोठा रहने आश्रमको भवनमा पुस्तकालय, स्वास्थ्य उपचार कक्ष, योगध्यान कक्ष, सभाहललगायतका कक्षहरू रहने छन् । एक वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको भवन निर्माणका लागि रकम जुटाउन महायज्ञ लगाउने, स्थानीय, प्रदेश र केन्द्र सरकारसँग सहयोग माग्ने आश्रमको योजना छ ।

०६९ सालमा तीन जना अनाथ बालिकाको संरक्षण गरेर सुरु गरिएको आश्रममा अहिले २८ जना बालिका छन् । आश्रमले यस अवधिमा ४९ जनालाई परिवारसँग पुनर्मिलनसमेत गराइसकेको छ ।