१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ माघ ६ सोमबार १८:११:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

सभामुख वा उपसभामुखमध्ये एक पदमा कांग्रेसले दाबी गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ माघ ६ सोमबार १८:११:००

कांग्रेसले सभामुख वा उपसभामुख मध्ये कुनै एक पदमा आफ्नो दाबी हुने स्पष्ट पारेको छ ।

सभामुखको निर्वाचन कार्यतालिका सार्वजनिक भइसकेको अवस्थामा कांग्रेसले संवैधानिक प्रावधानअनुसार कुनै एक पदमा आफ्नो दावेदारी हुने प्रष्ट पारेको हो । कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले संविधान अनुसार सभामुख र उपसभामुख फरक दलको हुनुपर्ने प्रावधान अनुसार आफ्नो पार्टीले दाबी गर्ने बताए । आगामी १२ माघमा हुने सभामुख निर्वाचनको सन्दर्भमा पनि फरक दल लिंगको सभामुख उपसभामुख हुने संवैधानिक प्रावधान लागु हुने उनको भनाइ छ ।

कांग्रेससँग बहुमत भएका कारण उसले आफुले सभामुख र उपसभामुख मध्ये एउटा जिम्मेवारी सम्हाल्ने र कांग्रेस प्रतिपक्षी दल र संसदको दोस्रो ठूलो दलका भएका नाताले सभामुख उपसभामुख मध्ये सत्तारुढ दलसँग हुने समझादारी अनुसार उम्मेदवारी दिइने उनले बताए । ‘पार्टीको बैठक बसेर निर्णय गर्छ । स्वभाविक रुपमा नै एक पदमा हाम्रो दावी हुन्छ,’ उनले भने, ‘निर्वाचनलाई ‘बाइकट’ गर्ने कुरा हुँदैन । प्रकृयामा सहभागि हुने हो । संविधानको प्रावधान अनुसार अगाडी बढ्ने हो ।’

नेकपा सांसद कृष्णभक्त पोखरेलले सभामुखका लागि पार्टीले उम्मेदवार बनाएका अग्निप्रसाद सापाकोटा हरके हिसाबले उपयुक्त रहेको बताए । आन्दोलनको अगुवा, विगतमा मन्त्रीको भूमिका गरिसकेको हिसाबले उनको उम्मेदवारी उपयुक्त रहेको पोखरेलको भनाई छ । द्वन्द्वकालिन विषयहरु उठ्ने अवस्थामा सापकोटाको मात्रै नभएर सबैका मुद्दाहरु उठ्ने उनको भनाई थियो । 

सत्तारुढ दल नेकपाको सचिवालयले सभामुखका लागि सापकोटालाई अगाडी सारेको छ । १२ माघमा सभामुखको निर्वाचन हुँदैछ ।