१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ माघ ६ सोमबार १७:२१:००
Read Time : < 1 मिनेट
विश्व

अमेरिकामा गोली चल्यो, दुई जनाको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ माघ ६ सोमबार १७:२१:००

अमेरिकाको टेक्सास राज्यको सान एन्टोनियोमा आइतबार राति भएको गोली काण्डमा दुई जना मारिएका छन् । घटनामा अन्य पाँच जना घाइते भएका प्रहरी स्रोतले जानकारी दिएको छ ।

सान एन्टोनियोका प्रहरी प्रमुख विलियम म्याकमानुसले सञ्चार माध्यमलाई बताएअनुसार मानिसहरूबीच भएकाे झगडामा एक जना व्यक्तिले बन्दुक निकालेर गोली हान्न शुरु गरेका थिए । विवाद सुरु भएपछि नै परिस्थिति जटिल बनेको र प्रहरीले गोली चलाउने व्यक्तिको खोजी गरिरहेको उनले बताए । रासस