Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका बुटवल
२०७६ माघ ६ सोमबार १५:४८:००
Read Time : < 1 मिनेट
समाचार

प्रदेश ५ कांग्रेस संसदीय दलका नेता पोखरेलको निधन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका बुटवल
२०७६ माघ ६ सोमबार १५:४८:००

प्रदेश ५, प्रदेश सभाका कांग्रेस संसदीय दलका नेता बलदेव शर्मा पोखरेलको निधन भएको छ । क्यान्सर रोगबाट पीडित ८२ वर्षिय पोखरेलको सोमवार दिउँसो निधन भएको प्रदेश सभा काग्रेस संसदीय दलका सचेतक निर्मला क्षेत्रीले जानकारी दिईन । पोखरेलकाे रुपन्देही तिलोत्तमास्थित घरमा निधन भएको हो । 

१९ माघ १९९४ सालमा प्यूठानमा जन्मिएका पोखरेल प्रदेश सभामा जेष्ठ सदस्यका रुपमा रहेका थिए । २०१४ सालबाट राजनीतिक यात्रा शुरु गरेका पोखरेल दरबार  हाइस्कूल काठमाडौमा पढ्दा संस्कृत छात्र संघको उपसभापति भएर राजनीति शुरु गरेका थिए । नेपाल छात्र संघको  केन्द्रीय समितिको सदस्य, २०१६ सालमा वीपी कोइरालाद्वारा गठित नेपाल तरूण दलमा प्यूठानबाट प्रतिनिधित्व, २०१७ साल पुसको कू पश्चात उनी चैतमा गिरफ्तारीमा परेर २०२१ सम्म जेल जीवत विताएका थिए । 
नेपाली कांग्रेसले अंगिकार गर्दै आएको प्रजातान्त्रिक समाजवाद प्रति उनी निष्ठावान रहेको उनलाई चिन्ने व्यक्तिहरु बताउँछन् । उनका ४ छोरा र २ छोरी रहेका छन ।