Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ माघ ६ सोमबार १४:३०:००
Read Time : < 1 मिनेट
समाचार

नेपाल भारत सिमानामा मानवसाङलो प्रदर्शन

Read Time : < 1 मिनेट
२०७६ माघ ६ सोमबार १४:३०:००

सिरहाको सिमाक्षेत्रमा नेपाल–भारतका स्थानीय र सरकारी पदाधिकारीहरुको संयुक्त मानव साङलो प्रर्दशन गरेका छन् । लागुऔष, मदिरा सेवन विरुद्ध तथा बालविवाह र दाईजो प्रथा विरुद्ध मानवसाङलो प्रदर्शन गरिएको हो । त्यसैगरी पर्यावरणको सुरक्षाको सन्देश समेत दिनका लागि नेपाल भारतका सरकारी अधिकारी र दुवैतर्फका स्थानीयले मानव साङलो प्रर्दशन गरेका हुन । 

सिरहाको खैरटोका नजिकैको सिमास्तम्भ (पिलर नम्बर ३४) को दशजगा क्षेत्रमा भारतको सिमावर्ती जनयनगर प्रखण्ड (प्रशासन)को आयोजनामा मानव साङलोको आयोजना गरिएको नेपाल भारत मैत्री संघका अध्यक्ष सन्तोष अग्रवालले बताए ।
मानव साङलोमा भारतको जयनगर प्रखण्डका एसडिओ शंकरशरण ओमी, विहार पुलिसका डिएसपी सुमित कुमार, बेला ग्राम पञ्चायतका मुखिया मदन हजरा लगायत सहभागिता जनाएका थिए ।

नेपाली पक्षवाट सिरहा नगरपालिका वडा नम्बर १७ का वडा अध्यक्ष महेन्द्र यादव, नेपाल प्रहरीका निरिक्षक बेचन यादव, सशस्त्र प्रहरी निरिक्षक शंकर दाहाल, अधिकारकर्मी र स्थानीयको सहभागिता रहेको दीप फाउन्डेशनमा सचिव दीपेन्द्र यादवले बताए ।

लागुऔषधमा बिक्री वितरण रोक्न आग्रह
मानव साङलो पश्चात दुवैतर्फका प्रशासन र अधिकारकर्मीवीच छलफल पनि भएको सचिव यादवले बताए । सिरहाको सिमावर्ती भारतीय भूमिमा निर्वाध रुपमा विक्री वितरण भैरहेको लागुऔषधमा नियन्त्रणमा रोक्न भारतीय अधिकारीहरुलाई नेपाली पक्षले आग्रह गरेको उनले बताए ।
एसडिओ ओमी, डिएसपी कुमारलाई सिरहा अधिकारकर्मी देवकुमारी महरा, दिव्या यादव, दिपेन्द्र यादव, पत्रकार बद्री नरायण यादव लगायतले सिमावर्ती क्षेत्रमा अवैध रुपमा भैरहेको लागुऔषधको व्यापारलाई रोक्न आग्रह गरे ।

मानव साङलोमा सहभागिता जनाएकोमा धन्यवाद दिदै एसडिएम ओमीले सिरहा जिल्लाको भारतीय सिमाक्षेत्रमा अवैध लागुऔषधको कारोबारलाई रोक्न प्रहरी प्रशासन खटाउने प्रतिबद्धता जनाए । उनले भने ‘नेपाली पक्षवाट पनि हामीलाई सहयोग चाहिन्छ । हामी लागुऔषधको कारोबारलाई ध्वस्त बनाउन तयार छौं ।’