मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
काठमाडौं 
२०७६ माघ ६ सोमबार १०:५१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

उपसभामुख तुम्बाहाङ्फेले आज राजीनामा दिने

Read Time : < 1 मिनेट
काठमाडौं 
२०७६ माघ ६ सोमबार १०:५१:००

उपसभामुख शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिने भएकी छन् ।  तुम्बाहाम्फेले सोमबार (आज) दिउँसो १ बजेका लागि बोलाइएको बैठक अगावै उससभामुख पदबाट राजीनामा दिने कार्यक्रम रहेको उनी निकट नेकपाका एक नेताले जानकारी दिए ।

२६ पुसको नेकपा सचिवालय बैठकले उनले राजीनामा दिने निर्णय गरेको थियो । यद्यपि उनी आफू पार्टी सदस्य नरहेकाले राजीनामा नदिने अडान राख्दै आएकी थिइन् ।

उपसभामुख सम्हालिसकेकाले आफूले नै सभामुख पद पाउनुपर्नेसमेत उनले बताउँदै आएकी थिइन् । यसैबीच आइतबार साँझ नेकपाले सभामुख टुंगो लगाइसकेपछि तुम्बाहाम्फे राजीनामा दिने मोडमा पुगेकी हुन् । संसद् बैठकपछि तुम्बाहाङ्फेले संसद् भवनमै पत्रकार सम्मेलन आयोजना गरी आफ्ना धारणा सार्वजनिक गर्ने संसद् सचिवालय स्रोतले बताएको छ ।