१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
काठमाडौंं
२०७६ माघ ६ सोमबार ०६:३३:००
Read Time : < 1 मिनेट
अर्थ

बन्दीपुर ‘फुड फेस्ट’  १७ माघदेखि

Read Time : < 1 मिनेट
काठमाडौंं
२०७६ माघ ६ सोमबार ०६:३३:००

रेस्टुरेन्ट  एन्ड बार एसोसिएसन नेपाल (रेबान) को आयोजनामा पर्यटकीय क्षेत्र तनहुँको बन्दीपुरमा ‘फुड फेस्ट’ आयोजना हुने भएको छ । भ्रमण वर्ष २०२० लाई सफल बनाउन १७ र १८ माघमा फुड फेस्ट आयोजना हुन लागेको रेबानको अध्यक्ष अरनिको राजभण्डारीले जानकारी दिए ।

बन्दीपुरमा तुलनात्मक रूपले आन्तरिक पर्यटकको भिड बढी हुने भएकाले सोहीअनुसार खानाका परिकार तयार हने रेबानले जनाएको छ । ‘बन्दीपुर पुग्ने प्रत्येक आन्तरिक तथा बाह्य पर्यटकका लागि विशेष खानेकुरा हुनेछन् ।

साथै बस्न र मनोरञ्जन गर्न विविध कार्यक्रम पनि राखिएका छन्,’ अध्यक्ष राजभण्डारीले भने । बन्दीपुरमा काठमाडौं, पोखरा, चितवनलगायतका रेस्टुरेन्ट व्यवसायीले स्टल राख्ने जनाइएको छ ।

त्यसैगरी, बन्दीपुरकै स्थानीय पर्यटन व्यवसायीको पनि उल्लेख्य सहभागिता रहने रेबानले जनाएको छ । कार्यक्रमलाई कार्यक्रमको मुख्य प्रायोजक गोर्खा ब्रुअरी र अन्य प्रायोजकमा जावलाखेल ग्रुप आफ कम्पनी, नेपाल डिस्टिलरी रहेका छन् । ‘खाना तथा बस्नका लागि यो महोत्सवमा छुटको व्यवस्थासमेत हुनेछ,’ उनले भने ।