१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
काठमाडौं
२०७६ माघ ६ सोमबार ०७:३९:००
Read Time : < 1 मिनेट
खेलकुद

एपिएफ टिम च्याम्पियन

Read Time : < 1 मिनेट
काठमाडौं
२०७६ माघ ६ सोमबार ०७:३९:००

नेपाल एपिएफ क्लब वीर गणेशमान सिंह स्मृति तेस्रो राष्ट्रिय किक–बक्सिङ प्रतियोगिताको च्याम्पियन बनेको छ । एपिएफ पाँच स्वर्णपदकसहित टिम च्याम्पियन बनेको हो ।

च्याम्पियन एपिएफले एक लाख रुपैयाँ पायो । ललितपुर जिल्ला किक–बक्सिङ संघद्वारा आयोजित प्रतियोगितामा नेपाल आर्मी तीन स्वर्णसहित दोस्रो भयो । आर्मीले ५० हजार रुपैयाँ पायो ।

पुरुषमा आर्मीका राजेश चौधरी तथा महिलामा नेपाल प्रहरी क्लबकी रीता ठकुल्ला उत्कृष्ट खेलाडी घोषित भए । दुवैले २५ हजार रुपैयाँ पाए । राजेशले ६५ केजी तथा रीताले ५५ केजीमा स्वर्ण जितेका थिए ।