१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
चितवन
२०७६ माघ ६ सोमबार ०७:०९:००
Read Time : < 1 मिनेट
समाचार

पत्रकार पुडासैनी आत्महत्या प्रकरण : रवि लामिछानेसहित तीनैजनालाई सफाइ

Read Time : < 1 मिनेट
चितवन
२०७६ माघ ६ सोमबार ०७:०९:००

सञ्चारकर्मी रवि लामिछानेसहित तीन आरोपीले आत्महत्या दुरुत्साहन मुद्दामा सफाइ पाएका छन् । चितवन जिल्ला अदालतले आइतबार लामिछानेसहित सबै आरोपीलाई सफाइ दिएको हो । 

लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्कीमाथि चितवन जिल्ला अदालतमा पत्रकार शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहन अभियोगमा मुद्दा दर्ता थियो । न्यायाधीश हेमन्त रावलको इजलासले आरोपीलाई सफाइ दिने फैसला गरेको अदालतका रजिस्ट्रार रुद्रमणि गिरीले जानकारी दिए । 

यसअघि गत ८ भदौमा जिल्ला सरकारी वकिलको कार्यालयले पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँ जरिवाना माग गरी उनीहरूविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।