मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ माघ ५ आइतबार १९:३५:००
Read Time : < 1 मिनेट
खेलकुद

एसिया कप करातेमा नेपाललाई चार पदक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ माघ ५ आइतबार १९:३५:००

भारतको मुम्बईमा जारी एसिया कप कराते च्याम्पियनसिपमा नेपालले चार पदक हात पारेको छ ।

च्याम्पियनसिपमा सहभागी रौतहटका खेलाडीहरूले चार पदक हात पारेका हुन् । महिला ४५ किलो तौल समूहमा बिबिका श्रेष्ठले स्वर्ण पदक हात पारेकी छिन् । उनले कातामा भने श्रीलंकाका खेलाडीसँग पराजित हुँदै रजतमा चित्त बुझाउनु परेको छ ।

यस्तै पुरुष ५० किलो तौल समूहमा कुशल बस्नेतले रजत पदक जितेका छन् । उनी फाइनलमा श्रीलंकाका खेलाडीसँग पराजित भएका हुन् । कातामा भने बस्नेतले कास्य पदक प्राप्त गरेको नेपालबाट सो प्रतियोगितामा सहभागी अन्तर्राष्ट्रिय निर्णायक सुरेन्द्र श्रेष्ठले जानकारी दिए ।