मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ माघ ५ आइतबार १७:४७:००
Read Time : < 1 मिनेट
अर्थ

महिला उद्यमी सम्मेलन काठमाडौंमा हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ माघ ५ आइतबार १७:४७:००

छैठौँ महिला उद्यमी सम्मेलन २०२० काठमाडौँमा आयोजना हुने भएको छ । ‘कनेक्ट, कोलाबोरेट र क्रियट’ भन्ने नाराका साथ नेपाली युवा उद्यमी फोरमले आइतबार पत्रकार सम्मेलन आयोजना गरी माघ १२ गते काठमाडौंमा गर्न लागेको जानकारी दिएको हो ।

कार्यक्रममा नेपाली युवा उद्यमी फोरमका उपाध्यक्ष उपासना श्रेष्ठले विभिन्न व्यवसाय तथा उद्यमशीलता प्रति आकर्षित युवाहरुलाई लक्षित गरेर महिला उद्यमशीलता सम्मेलन आयोजना गर्न लागिएको बताइन । उनले सम्मेलनमा व्यवसाय तथा उद्यमशीलताको क्षेत्रमा सफलता पाइरहेका उद्यमी व्यवसायीहरुको अनुभव, योजना र व्यवसायीक साझेदारी साटासाट हुने बताइन ।

सम्मेलनमा उद्यमी, श्रमिक महिला, विभिन्न व्यावसायीहरु लगायत विज्ञहरु र विद्यार्थीहरु गरि करिब ३ सय जनाको उपस्थिति रहने उपाध्यक्ष श्रेष्ठले जानकारी दिईन ।सम्मेलनमा विभिन्न कार्यशालाहरुको पनि आयोजना हुने उनले बताईन ।