मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ माघ ५ आइतबार १६:४५:००
Read Time : < 1 मिनेट
समाचार

प्रदेश १ मा थपिए चार राज्यमन्त्री

Read Time : < 1 मिनेट
२०७६ माघ ५ आइतबार १६:४५:००

प्रदेश १ मा चार जना राज्यमन्त्री थपिएका छन् । मुख्यमन्त्री शेरधन राईले आइतबार प्रदेश सरकारमा चार जना राज्यमन्त्री नियुक्त्त गरेका हुन । नियुक्त्त चार जना राज्यमन्त्रीहरुमा ओखलढुंगाका अम्बिरबाबु  गुरुङ, इलामका राम राना,  झापाकी जसमाया गजमेर र मोरङका विजय विश्वास छन । 

नवनियूक्त राज्यमन्त्रीले  आइतबार दिउँसो ३ बजे प्रदेश प्रमुखको उपस्थितीमा मुख्यमन्त्रीबाट सपथ लिएर पदभार समेत ग्रहण गरिसकेका छन् । नियुक्त्त राज्य मन्त्रीहरु मध्ये जसमाया गजमेरले समाजिक बिकास, अम्बिरबाबु गुरुङले भौतिक योजना तथ पुर्बाधार बिकास, राम रानाले कृषी भुमी तथा सहकारी र बिजय बिश्वासले उद्योग वन वतावरण तथा पर्यटन मन्त्रालयको जिम्मेवारी पाएका छन ।

नियक्त्त हुने चार राज्यमन्त्री मध्ये बिजय बिश्वास पूर्वमाओबादी हुन भने अन्य तीन जना पूर्वएमाले हुन । प्रदेश सरकार गठन भएको  दुई बर्षपछि मुख्यमन्त्री शेरधन राईले दुई मन्त्रालय खाली नै राखेर  पहिलो पटक सरकार बिस्तार गरेका हुन । प्रदेश सरकारमा अझै भौतिक पुर्बाधार र कृषी भूमी तथा सहकारी मन्त्रालय मन्त्री बिहिन छन । ती दुबै मन्त्रालय मुख्यमन्त्री राई आफैले हेदै आएका छन ।

३ फागुन २०७४ मा गठन भएको प्रदेश एक सरकारमा आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्की, समाजिक बिकास मन्त्री जीवन घिमिरे, उद्योग बन मन्त्री जगदिस कुसैत र अर्थ मामिला तथा योजना मन्त्री ईन्द्रबहादुर आङबो फुल मन्त्री छन । प्र्रदेश सरकारका फुल चार मन्त्री मध्ये आङबो मात्र पूर्वमाओबादी हुन ।