मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ माघ ५ आइतबार १६:३६:००
Read Time : < 1 मिनेट
खेलकुद

जिल्लाकै सर्वाधिक पुरस्कार राशिको ब्याडमिन्टन प्रतियोगिता हुने

Read Time : < 1 मिनेट
२०७६ माघ ५ आइतबार १६:३६:००

रुकुम पश्चिममा जिल्लाकै सर्वाधिक पुरस्कार राशिको पुरुष डबल ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । ब्याडमिन्टन खेलको विकास तथा नेपाल भ्रमण वर्ष र घुमौं कर्णाली कार्यक्रमलाई सफल पार्न सहयोग गर्ने उद्ेश्यले जिल्ला ब्याडमिन्टन संघले प्रतियोगिता आयोजना गर्न लागेको हो । प्रतियोगिता माघ २२ देखि २५ गतेसम्म संचालन हुनेछ ।

प्रतियोगिताका विजेताले नगद ५१ हजार, ट्रफि, मेडल, प्रमाण–पत्र र उप–विजेताले ३१ हजार नगद, ट्रफि, मेडल, प्रमाण–पत्र प्राप्त गर्ने जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष अनिल बुढामगरले जानकारी दिए । उनका अनुसार शान्त्वना हुने दुइ टिमले नगद ११ हजारका साथमा मेडल र प्रमाण–पत्र प्राप्त गर्ने छन । जिल्ला सदरमुकाम मुसीकोट खलंगाको बालमन्दिरमा संचालन हुने यस प्रतियोगिता जिल्लाको हालसम्मकै सर्वाधिक पुरस्कार राशिको भएको आयोजकको भनाई छ ।

गतवर्षबाट सुरु भएको यस प्रतियोगिताको यो दोस्रो संस्करण हो । गत संस्करणको विजेताले ५० हजार पुरस्कार पाएको थियो । त्यसमा अहिले १ हजार बृद्धि गरिएको अध्यक्ष बुढाको भनाई छ । 

४ दिनसम्म चल्ने प्रतियोगितामा जुनसुकै ठाउँका खेलाडिले पनि सहभागिता जनाउन पाउने छन । पछिल्ला केहि वर्षदेखि जिल्लामा ब्याडमिन्टनको क्रेज बढ्नुका साथै खेलको स्तर समेत बढ्दै गएको छ ।