मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ माघ ५ आइतबार १४:२९:००
Read Time : < 1 मिनेट
अर्थ

सानिमा र एनसिसिले ऋणपत्र जारी गर्न धितोपत्र बोर्डमा दिए निवेदन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ माघ ५ आइतबार १४:२९:००

नेपाल धितोपत्र बोर्डमा ऋणपत्र निष्कासनको लागि सानिमा बैंक र नेपाल क्रेडिट एण्ड कमर्स (एनसिसि) बैंकले निवदेन दिएका छन् । नेपाल राष्ट्र बैंकले चुक्ता पँुजीको २५ प्रतिशत ऋणपत्र निष्कासन गनुपर्ने व्यवस्था गरेअनुसार यि कम्पनीले निवेदन दिएका हुन् । 

सानिमा बैंकले  ४ अर्ब रुपैँया बराबरको ४० लाख कित्ता ऋणपत्र जारी गर्ने लागेको हो ।  बैंकले वार्षिक १० दशमलव २५ प्रतिशत ब्याजदरमा १० वर्षे अवधिको ऋणपत्र निष्कासन गर्नैछ । कुल कित्तामध्ये बैंकले १६ लाख कित्ता सार्वजनिक निष्कासन मार्फत सर्वसाधारणलाई विक्री गर्नेछ भने बाँकी २४ लाख कित्ता व्यक्तिगत तवरबाट विभिन्न संघ संस्थाहरुलाई बिक्री गर्नेछ । 

बैंकको ऋणपत्र विक्री गर्न विक्री प्रबन्धकको जिम्मेवारी एनआईसी एशिया क्यापिटलले लिएको छ । हाल बैंकको चुक्तापूँजी रू. ८ अर्ब ८० करोड १३ लाख ८० हजार रहेको छ । 
त्यसैगरी, एनसिसि बैंकले एनसिसि ऋणपत्र १० वर्षे अवधीको लागि वार्षिक १० दशमलव ५ प्रतिशत व्याजदरमा विक्री गर्न निवेदन दिएको हो । बैंकले ३ अर्ब रुपैयाको ३० लाख कित्ता ऋणपत्रमा १२ लाख सर्वसाधारणमा र १८ लाख व्यक्तिगत तथा संघ संस्थालाई विक्री गर्नेछ । 

बैंकले ऋणपत्र विक्रीका लागि नविल इन्भेष्टमेण्ट बैकिङलाई विक्री प्रबन्धक तोकेको छ ।