मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ माघ ५ आइतबार १४:०५:००
Read Time : < 1 मिनेट
विश्व

ह्यारी-मेगनको शाही उपाधि समाप्त 

Read Time : < 1 मिनेट
२०७६ माघ ५ आइतबार १४:०५:००

बेलायती राजकुमार ह्यारी र मेगनको शाही उपाधि एवं जिम्मेवारी समाप्त भएको राजदरबारले एक वक्तव्य जारी गर्दै जानकारी दिएको छ । औपचारिक रुपमा उनीहरु राजपरिवारका सदस्य नरहने वक्तव्यमा उल्लेख छ । 

बकिङ्घम दरबारले राजकुमार ह्यारी र मेगनले अबदेखि ‘रोयल हाइनेस’ को उपाधि प्रयोग नगर्ने घोषणा गरेको हो । उनीहरुले नागरिकको करबाट आउने रकमसमेत पाउने छैनन् । अब ह्यारी र मेगनले औपचारिक रुपमा महारानीको प्रतिनिधित्व पनि गर्ने छैनन् । 

ह्यारी र मेगनले बेलायतमा रहेको आफ्नो घर फ्रोगमोर कटेजको मर्मतका लागि खर्च भएको २४ लाख पाउन्ड फिर्ता गर्न चाहेको बताएका छन् । 

केही समयअघि ह्यारी र मेगनले राजपरिवारको भूमिका परित्याग गर्ने र बाँकी समय बेलायत तथा उत्तर अमेरिकामा बिताउने घोषणा गरेका थिए । उनीहरुको घोषणा पछि दरबारमा पारिवारिक छलफल पछि महारानी एलिजाबेथले उनीहरुको निर्णय स्वीकारेको बताएकी थिइन् । उनीहरुको दरबारबाहिरको यात्रा यही वर्षको वसन्त ऋतुदेखि लागू हुने दरबारले जनाएको छ ।